पारस शाहको ‘स्मी’ बिमोचित - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 22, 2018

पारस शाहको ‘स्मी’ बिमोचित

काठमाडौं।

काठमाडौँ स्थित सिसिआरसी कलेजका कक्षा बाह्रमा अध्ययनरत पारस शाहले लेखेको किशोर उपन्यास स्मी बजारमा आएको छ । सोही कलेजमा हिजो आजोजित एक कार्यक्रममा उक्त उपन्यास बिमोचन गरिएको हो ।


कलेजका प्रिन्सिपल हरिचन्द्र लामिछाने,कवि रमेश शुभेच्छुक,सूर्य बिसी,दिब्या बन्जाडे र लेखक पारस शाहले संयुक्त रुपमा पुस्तकको विमोचन गरे । प्रिन्सिपल लामिछानेले आफ्ना बिद्यार्थीले उपन्यासै लेख्नु आफ्नालागि निकै हर्षको कुरा भएको बताए । साथै उनले लेखकको कलम निरन्तर चलिरहोस् भन्दै शुभकामना समेत ब्यक्त गरे । कवि रमेश शुभेच्छुकले उपन्यास किशोर अवस्थाका समस्या पहिचान र समाधानकालागि निकै नै उपयोगी रहेको धारणा राखेका थिए । त्यसैगरि लेखक शाहले पुस्तकको रचना गर्भबारे आफ्ना अनुभूति सुनाएका थिए ।

किशोर अवस्थाका बिद्यार्थीमा हुने पढाई र प्रेमबिचको द्धन्द्धमाथि उपन्यास केन्द्रित रहनुका साथै उपन्यासले अमर प्रेममा जोड दिएको सम्पादक सूर्य बिसीले जानकारी दिए ।
उपन्यासको आवरण तस्बीर सोही कलेजकै कक्षा बाह्रकी दिब्या बन्जाडेको रहेको छ । बिएन पुस्तक संसारले बजारमा ल्याएको १६० पृष्ठको सो पुस्तकको बजार मूल्य २७५ रुपैया रहेको छ ।



from Rajdhani Daily https://ift.tt/2MWjGBz

No comments:

Post a Comment

Post Bottom Ad

Pages