राजधानी समाचारदाता/काठमाडौं।
नेपाल एपीएफ र प्रदेश ४ पाँचौं ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधिनजिक पुगेका छन् । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले गिताञ्जली कलेजलाई ३–० को सोझो सेटमा हरायो । पहिलो र दोस्रो प्रतिस्पर्धात्मक क्वार्टरमा एपीएफले २५–२० र २५–२१ ले आफ्नो पक्षमा पा¥यो भने तेस्रो क्वार्टर २५–१४ ले जित्दै फाइनलमा स्थान सुरक्षित ग¥यो । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा प्रदेश ४ ले ढोरपाटन क्लबलाई ३–१ को सेटमा हरायो । प्रदेश ४ ले पहिलो खेल २३–२५ ले गुमाए पनि लगातार तीनै सेट २५–१५,२५–१९ र २५–२० ले आफ्नो पक्षमा पार्दै एपीएफसँग उपाधि भिडन्त पक्का गरेको हो । फाइनल खेल शनिबार २ बजे हुनेछ ।
from Rajdhani Daily https://ift.tt/2zmx4uT

No comments:
Post a Comment