गिनिज बुकमा नाम लेखाउने तिमल्सिना सम्मानित - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 22, 2018

गिनिज बुकमा नाम लेखाउने तिमल्सिना सम्मानित

काठमाडौं/रास– तिलगंगास्थित प्यारागन पब्लिक स्कुलले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल एक युवकलाई सम्मान गरेको छ । सबैभन्दा लामो शीर्षकको पुस्तक प्रकाशन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भक्तपुर लोकन्थलीका श्रीजन तिमल्सिनालाई शुक्रबार विद्यालयमै एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो ।

उनी प्यारागनका पूर्वविद्यार्थीसमेत हुन् । ‘द ब्रेन’ सहायक शीर्षक राखेर प्रकाशनगरिएको सो पुस्तकको शीर्षकमा ११ हजार २८४ अक्षर तथा १ हजार ८०९ शब्द छन् । गड्यौलादेखि मान्छेसम्मको दिमाग तथा त्यसको विकासबारे लेखिएको ५० पृष्ठ लामो उक्त पुस्तकको मूल्य २ सय रुपैयाँ तोकिएको छ ।

तिमिल्सिनाले विद्यालय जीवनमै पुस्तक लेख्न थालेको बताए । ‘कक्षा ८ मा हुँदा लेख्न सुरु गरी कक्षा ९ मा पढ्दै गर्दा पुस्तक प्रकाशन गरेको हुँ,’ उनले भने, ‘११ कक्षामा पढ्दा मात्र त्यसलाई विमोचन गरें ।’ कार्यक्रममा विद्यालयकी प्राचार्य बिना बानुले श्रीजनजस्ता मेहनती युवा आफ्नो विद्यालयबाट उत्पादन हुनु भनेको गर्वको विषय भएको बताइन् । उनले यस्ता युवालाई राज्यले चिनेर विदेश पलायन हुनबाट रोक्न पहल गर्नुपर्नेमा उनले जोड दिइन् । प्राचार्य बानुले विद्यार्थीहरूलाई श्रीजनजस्तो बनेर देखाउनसमेत उनले आग्रह गरिन् । सोही कार्यक्रममा श्रीजनका बुबा, आमा र बहिनीलाई समेत सम्मानगरिएको थियो ।



from Rajdhani Daily https://ift.tt/2MYvmnm

No comments:

Post a Comment

Post Bottom Ad

Pages