दशैंको नयाँ नोट साट्ने व्यवस्था कहिलेदेखि ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, September 18, 2018

दशैंको नयाँ नोट साट्ने व्यवस्था कहिलेदेखि ?

२ असोज, काठमाडौं । यस वर्ष दशैका लागि नयाँ नोट वितरणमा केही ढिलाई हुने भएको छ । अघिल्लो वर्षको भन्दा यस वर्ष दशै नै ढिलो भएका कारण नोछ छाप्न केही ढिलाई हुने नेपाल राष्ट्र बैंकले बताएको छ ।

दशै नै ढिलो भएका कारण हालसम्म केकति छाप्ने र कहिले वितरण हुने भन्ने विषयमा टुंगो लागिनसकेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । प्रवक्ता पौडेलले भने, ‘दशै आउन अझै समय यसकारण अहिले नै केही निर्णय भएको छैन ।’ उनले केही दिनभित्रमा भने नयाँ नोट छाप्ने विषयमा निर्णय हुन सक्ने बताए ।

आन्तरिक तयारी राष्ट्र बैंकले गरिरहेको भए पनि केकति छाप्ने र कहिले वितरण हुने भन्ने विषयमा कुनै छलफल नभएको राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला बताउछन् ।

यस वर्षको दशै नै कात्तिकसम्म पुगेको र भर्खरै असोज शुरु भएकाले नयाँ नोटका विषयमा निर्णय भइनसकेको कार्यकारी निर्देशक निरौले बताए ।

‘दशै नै ढिला छ यसर्थ केहीदिन पछि मात्रै यस विषयमा निर्णय हुन्छ’ अनलाइनखबरसँगकोको कुराकानीमा उनले भने, ‘केकति नोट छाप्ने, के कसरी वितरण गर्ने भन्ने विषयमा पनि केही छलफल भएको छैन यसबारेमा केहीदिन पछि हामी तपाइहरुलाई जानकारी गराउछौ ।’

उनले दशैको १०/१२ दिन अगाडी नयाँ नोट वितरण गर्न शुरु गरिने समेत जानकारी दिए ।



from Online Khabar https://ift.tt/2OF2t0M

No comments:

Post a Comment

Post Bottom Ad

Pages