दोहकतारी विद्युतीय सवारी साधन उत्पादन गर्न नौ अर्ब अमेरिकी डलरको लगानीमा गाडी कारखाना स्थापना गर्ने कतारको योजना छ।
यस्तो प्रकारको उत्पादन तथा कारखाना स्थापना गर्ने कार्य मध्यपूर्वमै पहिलो र नौलो हुने कतारी पत्रिका ‘कतार ट्रिवुन’ले जनाएको छ।
उत्पादनको जिम्मा कतार क्वालिटी कम्पनीका अध्यक्ष अलिविन नासिर अल–मिस्नाडले लिएका छन। नयाँ उत्पादन हुने विद्युतीय सवारी साधन पेट्रोल तथा डिजेलबाट चल्ने गाडीभन्दा पूरै फरक प्रकारको हुने बताइएको छ।
अध्यक्ष अल मिस्नाडले सन् २०२४ सम्ममा पाँच लाख गाडी उत्पादन गर्ने योजना बनाइएको जानकारी दिए।उत्पादित विद्युतीय गाडीहरु संसार भरका अन्य देशहरुमा निर्यात गरिने उनको भनाई छ।
विद्युतीय सवारी साधन उत्पादनका लागि छ ओटा कम्पनी स्थापना गर्ने त्यसले सवारी साधनका फरक फरक पाटपुर्जा बनाउने उनले जानकारी दिए। पछिल्ला बर्षहरूमा विद्युतीय गाडी निर्माणलाई चीन, अमेरिका तथा यूरोपेली राष्ट्र लगायतका विश्वभर आकर्षण बढेको देखिएको छ।
from विज्ञान/प्रविधि – देशसञ्चार https://ift.tt/2OFf3gw
No comments:
Post a Comment