राजधानी समाचारदाता/काठमाडौं।
विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत सौरभ उप्रेतीको हत्याको वास्तविकता पत्ता लगाइदिन उप्रेती परिवारले सरकारसँग माग गरेका छन ।
सोमबार रिपोटर्स क्ल्बमा पत्रकार सम्मेलन गरेर उनीहरुले सौरभको मृत्यू आत्म हत्याबाट नभइ हत्या नै गरिएको भन्दै प्रहरी छानविनमाथि समेत प्रश्न गरेका छन ।
‘सौरभ मृत्यू प्रकरणमा प्रहरीले छानविनमा नै आलटाल गरिरहेको छ, हामीलाई प्रहरी अनुसन्धानमा नै शंका उब्जिएको छ,’ मृतक सौरभकी बहिनी सोनु उप्रेतीले पत्रकार सम्मेलनमा भनिन ।
सौरभको पोष्ट मार्टम रिपोर्ट हालसम्म पनि नआउनु संकास्पद रहेको भन्दै उनीहरुले सरकारसँग उच्च स्तरीय छानवीनको माग गरेका हुन । एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत बारा कोल्हवीका उनको १६ साउनमा सुतिरहेकै अवस्थामा मृत्यू भएको थियो ।
उनको घाँटीमा ल्यापटपमा प्रयोग हुने तारको डाम देखिएको र शरिरका विभिन्न भागमा डाम समेत देखिएकाले हत्या नै भएको परिवारको दाबी छ ।
मृतकका बुबा अर्जुन उप्रेतीले सत्य तथ्य पत्ता लगाइ छोराको हत्यामा संलग्न अपराधीलाई कानुनअनुसार कारबाही गर्न माग गरे ।
परिवारले घटनाबारे परिवार र प्रहरीलाई समयमै जानकारी नदिएको, सँगै बसेका साथीले घटनाबारे थाहा नपाएको लगायतका विषयमा प्रश्न उठाएको छ ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2MIcGI1

No comments:
Post a Comment