भालुको आतंकबाट पीडित न्याय माग्न सदरमुकाममा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, September 18, 2018

भालुको आतंकबाट पीडित न्याय माग्न सदरमुकाममा

डीबी खालिङ/सल्लेरी सोलुखुम्बु ।

भालुको आतंक बढ्दै गएको भन्दै सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर ३ तामाखानीका स्थानीयवासी आन्दोलित भएका छन् ।

भालुको आक्रमणबाट स्थानीयवासी घाइते हुनका साथै आफूहरुले लगाएको मकै नष्ट गर्दा समेत स्थानीय प्रशासनबाट कुनै पनि राहात उपलब्ध नभएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । यस किसिमको भालुको आतंक यस वर्ष मात्र नभई वार्षिक रूपमा नै आफूहरुले खेप्दै आएको र स्थानीय प्रशासन तथा वन कार्यालयमा क्षतिपूर्तिको लागि निवेदन दिँदासमेत वास्ता नगरेपछि आन्दोलनमा उत्रन बाध्य भएको स्थानीय धनबहादुर तामाङले बताए ।

साबिकको तामाखानी गाविसका स्थानीयले सोमबार सदरमुकाम सल्लेरीमा भालु मार्न पाउनुपर्ने मागलाई अघि सारेका छन् । भालु आतंकबाट आजित स्थानीयवासीहरु सुरक्षाको माग गर्दै विभिन्न नारासहित प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरुले डिभिजन वन कार्यालय, सोलु दूधकुण्ड नगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा नाराबाजी गर्दै न्याय माग्दै प्रदर्शन गरेका थिए । स्थानीय श्याम पुलामी मगरको संयोजकत्वमा आन्दोलनमा उत्रिएका उनीहरुले सम्बन्धित कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएपछि स्थानीय प्रशासनसँग छलफल गरेका हुन् । छलफलपछि भालु आक्रममणबाट घाइतेलाई राहत उपलब्ध गराउन उनीहरुले माग गरेका छन् ।

जिल्ला प्रशासनसँगको छलफलपछि स्थानीयवासी सोमबार बेलुका नै गाउँ फर्किएका छन् । गत २८ भदौमा घाँस काट्ने क्रमका स्थानीय दुई महिला भालुको काक्रमणबाट गम्भीर घाइते भएका छन् । उनीहरुको अहिले काठमाडौंमा उपचार भइरहेको स्थानीयले बताएका छन् ।



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2pisg48

No comments:

Post a Comment

Post Bottom Ad

Pages