राजधानी समाचारदाता /काठमाडौँ ।
काठमाडौं महानगरपालिकाले ५ वटा ब्रुमर ल्याउने तयारी गरेको छ । उपत्यकाका सडकहरु सफा गर्न ब्रुमर नपुगेकाले थप्न लागिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले काठमाडौं उपत्यकाको सडकको धुलो सफा गर्न ब्रुमर ल्याउन लागेको हो । महानगरपालिकाका सह प्रवक्ता नमराज ढकालले ब्रुमर ल्याउन सम्झौता भइसकेको बताए । यसअघि महागरपालिकासँग १ वटा मात्रै ब्रुमर थियो । ५ वटा थएिपछि ६ वटाले उपत्यकाको सरसफाई गर्नेछन् । यी मेशिनले सरसफाइका लागि प्रयाप्त नभएपनि आवश्यकता परेको स्थानहरु हेरी सरसफाई गरिने ढकालको भनाई थियो ।
दशैंअघि ब्रुमर मेशिन ल्याउने तयारी भएपनि आगामी मंसिरसम्म मात्रै ल्याउन सकिने महानगरपालिकाको भनाई छ । नयाँ ल्याउन लागेका ती ब्रुमर मेशिनको लागत ११ करोड रुपैयाँ पर्ने महानगरपालिकाको भनाई छ । ती ब्रुमर मेशिन काठमाडौं महानगरपालिका र डुलेगो कम्पनीले संयुक्त रुपमा ल्याउन लागिएका हुन् । साथै चीनबाट पनि थप २ वटा ब्रुमर मेशिन ल्याउन लागिएको छ । यस विषयमा छलफल भइरहेको सह प्रवक्ता ढकालले राजधानीलाई बताए ।
गत हप्ता महानगरपालिकाले सडक पखाल्नलाई ५ वटा जेट मेशिन संचालनमा ल्याएको थियो । सरसफाइका लागि हाल महानगरपालिकासँग साना ठुला गरी १ सय २ वटाको हाराहारीमा फोहोर बोक्ने गाडीहरु रहेका छन ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2MItleJ

No comments:
Post a Comment