दसैंमा घर रंगाउन खोज्दा परिवारै उजाडियो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 30, 2018

दसैंमा घर रंगाउन खोज्दा परिवारै उजाडियो

ओपेन्द्र बस्नेत
तुलसीपुर

ढिस्कोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएपछि दाङको मौरीघाट गाउँ शोकमा डुबेको छ । दसैं नजिकिँदै गर्दा घर रंगाउने कमेरो माटो लिन गएका राप्ती गाउँपालिका–४ मौरीघाट निवासी शिवचरण चौंधरीका ३० वर्षीया छोरी श्यामा चौधरी, ३५ वर्षीया बुहारी मीना चौंधरी र १२ वर्षीया नातिनी १२ वर्षकी रेजिना चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिए ।

बिहान १० बजे घरदेखि केही टाढाको दूरीमा रहेको दोलै खोलामा माटो लिन गएका उनीहरू अबेरसम्म नफर्किएपछि खोज्न जाँदा मोटोले परिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । उनीहरूको घटनस्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । घटनास्थल भालुवाङदेखि करिब ७ किलोमिटर टाढाको दूरीमा पर्छ । ‘माटो लिन गएका तीनैजना अबेरसम्म नफकेपछि खोजी गरिएको थियो,’ राप्ती गाउँपालिका–४ का वडाध्यक्ष विष्णुबहादुर जीसीले भने, ‘छिमेकी गएर हेर्दा चप्पल बाहिर रहेको र अलिकति शरीर देखिएपछि पुरिएको भनेर थाहा भएको हो ।’

मृतक तीनै जनाको थारू संस्कारअनुसार शनिबार राति नै अन्त्यष्टि गरिएको छ । मृतक मीनाका श्रीमान् एक वर्षदेखि रोजगारीका लागि विदेशमा छन् । घर रंगाउने सपना बुनेर माटो लिन गएका तीन जनाको एकै चिहान भएपछि शिवचरण चौधरीको घर उजाडिएको छ ।

वडाध्यक्ष जीसीका अनुसार त्यहाँ दुई वर्षअघि पनि घर लिप्ने माटो लिन गएकी एक महिलाको माटोको ढिस्कोले पुरिएर अकालमा मृत्यु भएको थियो । त्यहाँका स्थानीहरूले बर्सेनि घर पोत्ने माटो दोलै खोलाबाट नै ल्याउने गरेका छन् । माटो लिन गएका महिलाको मृत्यु भएपछि अब राप्ती गाउँपालिकालेले सचेतनाका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

‘नुहुनुपर्ने घटना भयो,’ राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले भने, ‘अब प्रत्येक वडामा जनचेनाका कार्यक्रमहरु संचालन गरिनेछ । आइन्दा अकालमा कसैको मृत्यु नहोस् ।’



from Rajdhani Daily https://ift.tt/2QiwLa9

No comments:

Post a Comment

Post Bottom Ad

Pages