४ असोज, काठमाडौं । नेपालले बेलायतसँग भूतपूर्ब गोरखा सैनिकको सन्दर्भमा दरिलो अडान लिन नसक्दा वाषिर्क ६० अर्ब रुपैयाँ भन्दा बढीको आर्थिक क्षती भइरहेको विषय संसदमा उठेको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सत्तारुढ नेकपाका सांसद यज्ञराज सुनुवारले गोरखा सैनिकको समस्यालाई राष्ट्रिय विषय नबनाइँदा आर्थिक, सामाजिक र सांस्कृति रुपमा क्षती भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद सुनुवारले समान पेन्सन सुबिधाका लागि भूपू गोरखा सैनिक र तीनका परिवार बेलायतमै बस्नुपर्ने शर्त राख्दा २९ हजार पूर्वगोरखा मारमा परेको तथ्यांक पेश गरे । उनले बेलायतको यो शर्तका कारण वार्षिक ६० अर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स नेपाल आउनबाट रोकिएको बताए ।
सुनुवारले भने-गेसो लगायतका भूपू गोर्खा संघर्ष समितिले लामो लडाइ लडेपछि त्यहाँको अदालतले पनि विभेद हटाउन भन्यो । तर, बेलायत सरकारले समान पेन्सनका लागि बेलायतमै बस्नुपर्ने शर्त राख्दा २० हजार भूपू गोरखा मारमा परेका छन् । आवासीय भिसाको नाममा नेपाली अर्थतन्त्र र सामाजिक सांस्कृतिक क्षेत्रमानै असर परेको छ ।
सांस सुनुवारले गोरखा सैनिकले बेलायती सरह तलब,पेन्सन र समाज अवसर पाउने सन्दर्भमा नेपाल सरकारले बेलायतसँग वार्ता गर्नुपर्ने बताए । उनले गोरखा सैनिकको समस्या समाधानका लागि गठित संयुक्त प्राबिधिक समितिले गत मार्चम रिपोर्ट बुझाएको खबर आएको भन्दै यसलाई सार्वजनिक गरिनुपर्ने बताए ।
बिहीबार नै कांग्रेसका सांसद राजन केसीले पनि पेन्सन विवाद बारे संसदमा बोल्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
from Online Khabar https://ift.tt/2pnLN2Z

No comments:
Post a Comment