फास्ट ट्रयाकको डीपीआर ४ महिनाभित्र बन्छः सेना - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, September 20, 2018

फास्ट ट्रयाकको डीपीआर ४ महिनाभित्र बन्छः सेना


Photo Credit : नेपाली सेना । द्रुत मार्गको हवार्इ निरीक्षणका क्रममा देखिएको दृश्य । 
४ असोज, काठमाडौँ । नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौं–तराई– मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) को डीपीआर ४ महिनाभित्र तयार हुने जनाएको छ ।
सैनिक मुख्यालय जङ्गी अड्डामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा द्रुतमार्ग आयोजना प्रमुख एवं रथी योगेन्द्रबहादुर खाँणले फास्टको डीपीआर ४ महिनाभित्र तयार हुने बताएका हुन् ।
त्यस परियोजनाको प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली सुसुङ परामर्शदाता कम्पनी छनोट भएको उनले जनाए । त्यस कम्पनीसँग यही महिनाको दोस्रो साताभित्रै निर्माणसम्बन्धी सम्झौता हुने जनाइएको छ ।
उक्त डीपीआर करिब १० करोड १५ लाख रुपैयाँको लागतमा तयार हुनेछ ।
द्रुतमार्गले काठमाडौँ र तराईलाई भावनात्मक र भौगोलिकरुपमा जोड्ने विश्वास गरिएको छ । प्रस्तावित ७६ किमी लामो उक्त सडकलाई १०
भागमा विभाजन गरेर २८ वटा कन्ट्रयाक्टरमार्फत काम गरिरहेको सेनाले जनाएको छ ।
‘निर्धारित समयमै निर्माण पूरा हुन्छ’
सेनाले फास्ट ट्याक निर्माण निर्धारित समयमै पूरा हुनेमा आशंका नगर्न समेत आग्रह गरेको छ ।
प्राविधिक हिसाबले जति नै चुनौतीपूर्ण रहे पनि सबैबाट रचनात्मक सहयोग र सद्भाव भएमा तोकिएको समयभित्रै निर्माण गर्न सक्षम हुने खाँणले दाबी गरेका छन् ।
सडकको रेखाङ्कनअनुरुप डाँडा र ढिस्को कटान गर्ने, सम्याउने र खाल्डाखुल्डी भर्ने काम तीव्ररुपमा भइरहेको जानकारी दिँदै उनले भने, ‘कार्यतालिका, कार्ययोजनाका आधारमा आयोजनाको कामलाई अघि बढाइएको छ ।’
सस्तो मूल्यमा गुणस्तरीय ढङ्गबाट छिटो सम्पन्न गर्न सक्छ भन्ने सरकार र नागरिकको सेनाप्रतिको विश्वासलाई सङ्गठनले इतिहास रच्ने अवसरका रुपमा लिएर काम गरिएको पनि उनले जनाएका छन् ।
नेपाली सेनाले मुलुकका विभिन्न भागमा हालसम्म एक हजार ११४ किलोमिटर सडक र २९ वटा पुल निर्माण गरिसकेको जनाएको छ । द्रुतमार्गसहित ५२६ किलोमिटर सडक अहिले सेनाले बनाइरहेको छ ।


from Online Khabar https://ift.tt/2MPELx8

No comments:

Post a Comment

Post Bottom Ad

Pages