बुटवल उपमहानगरमा तीन सय ६५ जनालाई स्वरोजगार तालिम - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 21, 2018

बुटवल उपमहानगरमा तीन सय ६५ जनालाई स्वरोजगार तालिम

बुटवल उप–महानगरपालिकले युवाहरुलाई लक्षित गर्दै युवा स्वरोजगार तालिम सञ्चालनमा ल्याएको छ । पहिलो चरणमा बुटवल नगरका १९ वटा  वडाका तीन सय ६५ युवाहरुलाई तालिम दिइने छ ।

तालिम प्राप्त युवाहरुलाई क्षमताका आधारमा रोजगारी दिइने नगर प्रमुख शिवराज सुवेदीले बताए । नगर-उप प्रमुख गुमादेवी आचार्यले महिला र पुरुषकाे समान संख्यामा सहभागीता भएकाेमा खुशी व्यक्त गरिन् । तालिम तीन महिनासम्म चल्ने छ ।

पहिलो चरणमा २५ जना युवाहरुलाई हेभी हाइड्रोलिक सिस्टम (स्काभेटर, डोजर, ग्रेडर, रोलर, भाइब्रेटर)का उपकरणहरुको मर्मत बारे तालिम दिइने छ । अटो मेकानिक्सको आधारभूत तालिमका लागि २० जना युवाहरु छनौट भएका छन् ।

जनरल मेकानिक्समा २२ जना, इलेक्ट्रिकल तालिमका लागि ३५ जना, होटल म्यानेजमेन्ट अन्तर्गतको कुक तालिमका लागि ८३ जना, एसी, रेफ्रिजरेटर मर्मतका लागि ५४ जना तथा पलम्बिङका लागि २० जनाले तालिम लिने छन् । फेशन डिजाइनरकाे तालिम  एक सय ७ जनाले लिनेछन् ।

The post बुटवल उपमहानगरमा तीन सय ६५ जनालाई स्वरोजगार तालिम appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2xD2HhO

No comments:

Post a Comment

Post Bottom Ad

Pages