फर्निचर तथा फर्निसिङ एक्स्पोबारे कसले के भने ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 21, 2018

फर्निचर तथा फर्निसिङ एक्स्पोबारे कसले के भने ?

राजधानीको भृकुटीमण्डपमा छैटौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ सुरु भएको छ । जेम फ्लोरिङको प्रस्तुति तथा नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा सुरु भएको एक्स्पोको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्घाटन गरेका थिए ।

एक्स्पो उद्घाटन गर्दै चेम्बर अध्यक्ष श्रेष्ठले फर्निचरजन्य उत्पादनमा मुलुक आत्मनिर्भर हुन खोजे पनि राज्यबाट सहयोग नपाएको बताए । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष भूपेन्द्र गिरीले मुलुकलाई फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बनाउन स्वदेशमा खेर गइरहेको कच्चा पदार्थको सदुपयोग गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका थिए ।

नेपाल फर्निचरमा आत्मनिर्भर बन्न सक्छ
कवीन्द्र जोशी
प्रबन्ध निर्देशक,
सम्मान इन्टरनेसनल

हामी फ्लोरिङ र फर्निसिङमा केन्द्रित छौँ । हामीले भारत, बेल्जियम, टर्की, इजिप्ट, युएई, कोरियालगायतका मुलुकबाट उच्चस्तरीय म्याट्रेस आयात गर्ने गरेका छौँ ।

हिजोका दिनमा काठमाडौं, पोखराजस्ता सीमित सहरी क्षेत्रमा मात्रै माग हुने ब्रान्डेड फ्लोलिङ र फर्निचरको माग अहिले अन्य स्थानमा पनि बढेको छ । जसका कारण अहिले बर्सेनि करिब ७ अर्बको काठ भित्रिने गरेको छ । यद्यपि रूख नेपालमा पनि त्यत्तिकै कटानी भइरहेको छ । सरकारले वन पैदावरको उचित प्रयोग गर्ने संरचना बनाए आगामी ५ वर्षभित्र नेपाल फर्निचर उत्पादनमा आत्मनिर्भर हुन सक्छ ।

उपभोक्ताको रुचिअनुसारका कार्पेट ल्याएका छौँ
राजकुमार शाह
प्रमुख, कर्पोरेट तथा मार्केटिङ,
यती फ्लोरिङ

विगत २५ वर्षदेखि नेपालमा फ्लोरिङ व्यवसाय गर्दै आएको यति फ्लोरिङले विभिन्न खालका कार्पेट (फाइबर, ननओमन, पिभिसी) उत्पादन र बिक्री–वितरण गर्दै आएको छ ।

उपभोक्ताको रुचिलाई ध्यानमा राख्दै हामीले सयौँ रङ र डिजाइनका कार्पेट बजारमा ल्याएका छौँ । हामीकहाँ घरको भित्ताअनुसारका कार्पेट छन् । जुन घर, कार्यालय, अस्पताल सबैतिर प्रयोग गर्न सकिन्छ । हामीले उपभोक्ताको माग र आवश्यकतालाई ध्यानमा राख्दै गुणस्तरीय सामान उपलब्ध गराउँदै आएका छौँ । यसपटक हामीले डोरम्याट, कारम्याट, स्कुटीम्याट र फलोरम्याट पनि बजारमा ल्याएका छौँ । यस्ता म्याटहरू निलो, हरियो, रातो र खैरो चार रङमा उपलब्ध छन् ।

सरकारको साथ रहे अझ अघि बढ्न सक्छौँ

अनिलकुमार अग्रवाल (प्रिन्स)
निर्देशक, हनुमान्त पोली इन्डस्ट्रिज

हामीले स्प्रिङ, इरोटप, जुट, बाइन्डिङलगायतका म्याटे«स उत्पादन गर्दै आएका छौँ । त्यस्तै हामीले सिरक, सिरानी, फर्म, कुसनलगायतका अन्य उत्पादन पनि बजारमा ल्याएका छौँ । नेपालमा म्याट्रेसको व्यवसाय राम्रै भए पनि सरकारको नीतिका कारण म्याट्रेस उद्योग संकटमा छन् ।

म्याट्रेस उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयात गर्दा १० देखि १५ प्रतिशत भन्सार तिर्नुपर्छ । तर, तयारी म्याट्रेस ल्याउँदा भन्सार शुल्क निकै सस्तो छ । तर पनि हामी मूल्य र गुणस्तरमा विदेशी म्याट्रेससँग प्रतिस्पर्धा गर्न सक्षम छौँ । सरकारले नेपाली उद्योग र उत्पादनलाई प्रोत्साहित गर्ने हो भने हामी अझै अघि बढ्न सक्छौँ ।

मेला अवधिभर ४० प्रतिशत छुट दिएका छौँ

अंकित लोहिया
निर्देशक,
एम्पाएर डिस्ट्रिब्युटर्स

हामीले म्याट्रेस, सिरक र सिरानीलगायतका सामग्री वितरण गर्दै आएका छौँ । मेला अवधिभरका लागि हामीले विशेष छुट अफर पनि राखेका छौँ । मेला अवधिमा सबै उत्पादनमा हामीले ४० प्रतिशत छुट
दिएका छौँ ।

त्यस्तै, म्याट्रेस खरिद गर्दा सिरानी फ्रीमा दिन्छौँ । हामीकहाँ चिराग र फेदरको म्याट्रेस छ । फेदरको स्प्रिङ म्याटे«समा १० वर्षको ग्यारेन्टी दिएका छौँ । चिरागको म्याटे«समा २ देखि ७ वर्षको ग्यारेन्टी छ । चिरागको बाइडिङ म्याटे«स ढाड दुख्ने समस्या हुनेलाई प्रयोग गर्नु उपयुक्त हुन्छ ।

मेलामा बुकिङ गर्नेलाई २० प्रतिशत छुट

रमेश काफ्ले
प्रमुख कार्यकारी अधिकृत, क्लासिक इन्डस्ट्रिज

हामीले बोनेल कोइल स्प्रिङ र कोयर म्याट्रेस उत्पादन गर्दै आएका छौँ । कोयर म्याट्रेस विशेषगरी होटलमा बढी प्रयोग भएका छन् ।

सोल्टी, -याडिसन, पार्क भिलेजलगायका होटेलमा हामीले यस्तो म्याट्रेस बिक्री गर्दै आएका छौँ । म्याट्रेसबाहेक हामीसँग सिरक, सिरानी, बेडसिट, बेडबेस, म्याट्रेस प्रोटेक्टर पनि उपलब्ध छन् । हाम्रा उत्पादन विदेशीभन्दा बलिया र गुणस्तरीय छन् । मूल्यको हिसाबले पनि सस्तो छ । त्यसैगरी स्वास्थ्यका लागि पनि निकै उपयोगी छन् । मेलामा बुकिङ गर्नेलाई हामीले २० प्रतिशत छुट दिएका छौँ ।

छुट र सेल्फी कन्टेस्ट राखेका छौँ
सुधीरराज सिंह
बिजनेस हेड
सौर्य एक्जिम
हामीसँग घर तथा कार्यालयका लागि आवश्यक सबै फर्निचर उपलब्ध छन् । हामीले भारतीय ब्रान्ड स्पेसउडको सामग्री बिक्री गर्दै आएका छौँ । यो जापानी प्रविधि र युरोपियन स्ट्यान्र्डमा उत्पादन गरिएका छन् ।

मेलाको अवसरमा हामीले तीन महिनासम्मका लागि १० प्रतिशत छुट र सेल्फी कन्टेस्ट राखेका छौँ । हाम्रो स्टलमा आएर कुनै पनि सामान स्पष्ट देखिने गरी सेल्फी खिचेपछि अवलोकनकर्ता एवं उपभोक्ताले हाम्रो पेज एफबीडटकम स्ल्यास स्पेसउड नेपालमा पोस्ट गर्नुपर्नेछ । त्यसलाई हामी विशेष कोड दिन्छौँ र सबैभन्दा बढी लाइक आएकालाई विशेष उपहार दिइनेछ ।

सस्तो मूल्यमा बिक्री गर्ने प्रयास गर्दै छौँ

राजेशकुमार सर्राफ
प्रोपाइटर, डल्फिन इन्टरप्राइजेज
हामीले स्यामकिन ब्रान्डका म्याट्रेस बजारमा ल्याएका छौँ । त्यस्तै हामीसँग सिरानी, सिरक, टी म्याट्रेस पनि उपलब्ध छन् । डल्फिन भारत र अमेरिकाको ज्वाइन्ट भेन्चरमा उत्पादित ब्रान्ड हो । यसले अन्तर्राष्ट्रियस्तरमै उत्कृष्ट अवार्ड पनि प्राप्त गरिसकेको छ ।

यस कम्पनीको मुख्य उद्देश्य सेवाग्राहीलाई जतिसक्दो सस्तो मूल्यमा उत्पादन बिक्री गर्नु हो । त्यसैले हामीले बिक्री गर्ने डल्फिन म्याट्रेस तुलनात्मक रूपमा सस्तो छ । मेलामा म्याट्रेस खरिद गर्दा हामीले सिरानी फ्रीमा दिएका छौँ ।

नेपालीमा ब्रान्डको चेतना छ, तर गुणस्तर छैन

अनिल महेश्वरी
निर्देशक,
फेसन फर्निसिङ
हामीले जिम कलेक्सन र फ्लोरिङ ब्रान्डका सामग्री नेपालमा बिक्री–वितरण गर्दै आएका छौँ । हाम्रो काठमाडौं, विराटनगर र नारायणघाटमा डिपो छ । जहाँबाट हामीले पिभिसी, लेमिनेसन, भिनायल टायल, एलभिटी, स्पोर्टस्, हस्पिटल र अटोमोबाइल फ्लोलिङ बिक्री गरिरहेका छौँ । हामीले बेल्जियम, भारत, कोरिया, टर्की, रसिया तथा मिडिलइस्ट मुलुकबाट आयात गरिएका वाल टु वाल कार्पेट, कार्पेट टायल्स, आर्टिफिसियल, प्रिन्टिङ, हस्पिटालिटी तथा डोर म्याट बिक्री गरिरहेका छौँ । हामीले गुणस्तरलाई बढी जोड दिएका छौँ । तर, नेपालीमा ब्रान्डको चेतना भए पनि गुणस्तरको चेतना भने अझै छैन ।

उपभोक्ताको सन्तुष्टिलाई जोड दिएका छौँ

विवेक अग्रवाल
सञ्चालक, लुम्बिनी कोयर इन्डस्ट्रिज
लुम्बिनी कोयर इन्डस्ट्रिज १५ वर्षअघि स्थापना भएको नेपाली म्याट्रेस उद्योग हो । हामीले कोयर म्याट्रेस र स्प्रिङ म्याट्रेस उत्पादन गर्दै आएका छौँ । हामीले उत्पादन गर्ने म्याट्रेस पूर्णरूपमा प्राकृतिक हुन्छ ।

हाम्रा उत्पादन पाँचतारे होटेलदेखि सामान्य व्यक्तिले समेत प्रयोग गर्दै आएको पाइन्छ । हामीले कोयरमा डिउरो फ्ल्याक्स, आराम म्याट्रेस र गुडनाइट ब्रान्डका म्याट्रेस बजारमा ल्याएका छौँ भने स्प्रिङमा सेरेटा ब्रान्डको म्याट्रेस बजारमा ल्याएका छौँ । हामीले सबैभन्दा बढी गुणस्तरलाई जोड दिएका छौँ । ग्राहकको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता हो ।

The post फर्निचर तथा फर्निसिङ एक्स्पोबारे कसले के भने ? appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2QQaL7w

No comments:

Post a Comment

Post Bottom Ad

Pages