विगतका मेला र अहिलेको सुधार - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 21, 2018

विगतका मेला र अहिलेको सुधार

हामीले सन् २०१२ देखि फर्नेक्स मेला सुरु गरेका हौँ । हामीले पहिलो एक्स्पो ब्रान्डिङ मेलाका रूपमा गरेका थियौँ र त्यसलाई अघिल्ला वर्षको मेलासम्म निरन्तरता दियौँ । यस वर्ष भने केही फरक दसैँ तथा सेल अफर पनि राखेका छौँ । अघिल्ला वर्षहरूका मेला मुख्य हलमै अटेका थिए । यस वर्ष बाहिर डोम राख्नुपरेको कारण पनि त्यही हो ।

शुभेन्द्र जोशी, उपाध्यक्ष तथा मेला संयोजक, फर्नेक्स २०१८

मेलाको करिब ७० हजारले अवलोकन गर्ने अपेक्षा गरेका छौँ । हामीले हरेक दिन लक्की ड्रको व्यवस्था गरेका छौँ । त्यस्तै रोबोटिक प्रतिस्पर्धा पनि राखेका छौँ । स्टल पनि पहिलेभन्दा दोब्बर छन् । मेलामा सयवटा ब्रान्डले सहभागिता जनाएका छन् ।

अन्तर्राष्ट्रिय ब्रान्डले पनि भाग लिएको मेलामा वास्तुशास्त्र र इन्टेरियर डिजाइनको पनि निःशुल्क परामर्श दिइने व्यवस्था मिलाएका छौँ ।मेलाले नेपाली फर्निचर र फर्निसिङ उद्योगलाई धेरै फाइदा पु-याएको छ ।

सुरुमा मेला आयोजना गर्दा स्थानीय उत्पादकको कम र विदेशी ब्रान्डको धेरै स्टल रहने गरेको थियो । अहिले आएर स्वदेशी र विदेशी प्रदर्शनकर्ताको संख्या बराबर छ । भविष्यमा मेलाका पूरै स्टल स्वदेशी उत्पादनले भरिएको होस् भन्ने हाम्रो अपेक्षा हो ।

 

The post विगतका मेला र अहिलेको सुधार appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2xEZyOE

No comments:

Post a Comment

Post Bottom Ad

Pages