महिला हिंसाका घटना झनै बढे - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 29, 2018

महिला हिंसाका घटना झनै बढे

राजधानी समाचारदाता/काठमाडौं ।

महिला पुनःस्थापना केन्द्र (ओरेक)ले १७० महिला हिंसाका घटना अभिलेखीकरण भएको जनाएको छ । ‘महिलामाथि भएको हिंसाको मासिक प्रतिवेदन’ शुक्रबार सार्वजनिक गर्दै उसले यो तथ्य औंल्याएको हो । उसका अनुसार गत भदौमा मुलुकभर १७० महिला हिंसाका घटना भएका छन् । तीमध्ये सबैभन्दा बढी ४८ महिला तथा बालिकामाथि बलात्कार भएको पाइएको छ ।
त्यस्तै, ३५ जनामाथि कुटपिट, १८ जनालाई खानलाउन नदिने, विवाह दर्ता, जन्मदर्ता तथा नागरिकताजस्ता स्रोत सुविधाबाट वञ्चित गरिएको छ । १७ जनामाथि गालीगलौज, धम्की, चरित्र हत्याका कारण मानसिक हिंसा भएको, १३ जनामाथि यौन दुव्र्यवहार र १२ महिलाको हत्या भएका तथ्यांक संकलन गरिएको ओरेकले  जनाएको छ ।
हिंसा प्रभावित महिलामध्ये सबैभन्दा बढी १७ देखि २५ वर्ष उमेर समूहका ३१ प्रतिशत र १६ वर्षभन्दा कम उमेरका किशोरी तथा बालिका २५ प्रतिशत छन् । २६ देखि ३५ उमेर समूहका २१ प्रतिशत, ३६ देखि ४५ उमेर समूहका ९ प्रतिशत र ४६ वर्षभन्दा माथिका र उमेर समूह नखुलेका महिला ७÷७ प्रतिशत हिंसाबाट प्रभावित भएको तथ्यांकमा उल्लेख छ ।
हिंसा प्रभावितमध्ये सबैभन्दा बढी ३८ प्रतिशत श्रीमान्बाट, २१ प्रतिशत छिमेकीबाट र परिवारका सदस्यबाट २० प्रतिशत महिला हिंसा प्रभावित भएका छन् । यसबाहेक पछिल्लो एक वर्षको तथ्यांकमा ६ महिला तथा किशोरी एसिड आक्रमणमा
परेको उल्लेख छ ।
वैवाहिक वा प्रेम प्रस्ताव एवं जबर्जस्ती यौनसम्पर्क राख्न अस्वीकार गर्दा, दाइजो मामिला वा अन्य सामान्य झगडालगायतमा महिलाको अनुहार नै बिगार्ने उद्देश्यसाथ एसिड प्रहार गरेको देखिएको ओरेकको तथ्यांकमा औंल्याइएको छ ।



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2zDutx1

No comments:

Post a Comment

Post Bottom Ad

Pages