सार्क बैठकमा भारत–पाक तनाव - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 29, 2018

सार्क बैठकमा भारत–पाक तनाव

न्युयोर्क/एजेन्सी– अमेरिकाको न्युयोर्कमा बिहिबार दक्षिण एसियाली क्षेत्री सहयोग संगठन (सार्क) को बैठकमा भारत र पाकिस्तानबीचको तनावको अवस्था देखिएको छ । सो बैठकमा भारतीय विदेश मन्त्री सुषमा स्वराज र पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैशीबीच बोलचाल भएन ।


नेपालका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको अध्यक्षतामा बसेको बैठकमा भारतीय विदेश मन्त्री सुषमा स्वराजले आफ्नो मन्तव्यपछि ‘व्यस्तताका कारण’ देखाउँदै बैठक छोडेर बाहिरिएकी थिइन् । उनले पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीको मन्तव्य सुन्न चाहिनन् ।
आफू बोलेर स्वराज बाहिरिएको भन्दै कुरैशीले भने,‘मैले उहाँको (स्वराज)को भाषण सुने । उहाँ क्षेत्रीय सहयोगको कुरा गर्दै हुनुहुन्थ्यो । तर क्षेत्रीय सहयोग कसरी सम्भव हुन्छ जबसम्म बसेर कुरा सुन्न मान्छे तयार हुँदैन ।’
सुषमाको भाषण पाक विदेश मन्त्रीको भन्दा अगाडि रहेको थिया । संयुक्त राष्ट्र महासभाको ७्र३ औं अधिवेशनको अवसरमा सार्क विदेश मन्त्रिस्तरीय बैठक बसेको थियो । सो बैठकमा सुषमा विचैमा उठेर हिडेको विषय यतिबेला चर्चामा रहेको हो । तर भारतले उनी अर्काे बैठकका लागि बाहिरिएको बताएको छ । पाकका विदेश मन्त्री कुरैशीको भाषणका क्रममा भारतका विदेश सचिव विजय गोखलेको उपस्थिति थियो ।

सुषमाले आफ्नो भाषणमा दक्षिण एसियामा आतंकवादको खतरा नहटेसम्म क्षेत्रीय सहयोगकाु कुरा हुन नसक्ने बताए । उनले भनिन्,‘हाम्रो क्षेत्र र विश्वमा शान्ति र स्थिरताका लागि आतंकवाद एक प्रमुख ठूलो खतरा हो । त्यसैले हामीले आतंकवादको सबै स्वरुपलाइ्र्र समाप्तका काम गर्न र सहयोग गर्ने अवस्था सिर्जना गर्नुपर्छ ।’
केहि समय अघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारती्रय प्रधानमन्त्री नरेन्दू मोदीलाई चिठ्ठि लेखेका थिए । जसमा दुइ देशका विदेश मन्त्रीबिच संयुक्त राष्ट्रमा कुराकानी गर्न अपिल गरिएको थियो । तर कश्मिरको घटना पछि भारतले यस विषयलाई अस्विकार गरेको न्युयोर्कमा देखियो ।



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2DE1BbP

No comments:

Post a Comment

Post Bottom Ad

Pages