काठमाडौं÷रासस– खानेपानीमन्त्री बिना मगर ‘महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलन’मा सहभागी हुन शुक्रबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेकी छन् ।
महात्मा गान्धीको १५औं जन्मजयन्तीका अवसरमा भारत सरकारले आयोजना गरेको चारदिने सम्मेलनमा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
सम्मेलनमा खानेपानीमन्त्री मगरसहित खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक सुनिलकुमार दास सहभागी हुने खानेपानी मन्त्रालयले जनाइएको छ । सम्मेलनमा ८० देशका खानेपानी तथा सरसफाइमन्त्री सहभागी हुनेछन् । सम्मेलनमा नेपालका तर्फबाट सरसफाइ क्षेत्रमा भइरहेको प्रगतिबारे प्रस्तुति दिने कार्यक्रम छ । सम्मेलन शनिबारदेखि सुरु हुँदै छ ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2zDCRwo
No comments:
Post a Comment