कोल्टी क्षेत्रमा आकस्मिक प्रसूति सेवा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 21, 2018

कोल्टी क्षेत्रमा आकस्मिक प्रसूति सेवा

राजधानी संवाददाता/बाजुरा।

गत वर्ष ४ असोजका दिन बूढीनन्दा नगरपालिका कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसूति गराउन ल्याइएकी  हिमाली गाउँपालिका–६ की १६ वर्षीया सिद्धा विकको उपचार हुन नसक्दा  मृत्यु भएको थियो । त्यस अगाडि पनि त्यहाँ आकस्मिक प्रसूति सेवा नभएर उपचार पाउँने आसमा आएका आमाले ज्यान गुमाएके थिए । त्यही समस्यालाई मध्यनजर गरी यस वर्ष आकस्मिक प्रसूति सेवा शुरु गर्न अध्यायन शुरु गरिएको छ ।

एक जना चिकित्सकको दरबन्दी र एक जना कराहर सेवाबाट गरी दुई जना चिकित्सक भए पनि आकस्मिक प्रसुती सेवा नभएका कारण उपचार नपाएर यहाँका महिलाले प्रसूति हुन नसकी ज्यान गुमाउनु परेको हो । यस वर्ष स्वाथ्य मन्त्रालयअन्र्तगत परिवार कल्याण महाशाखाको बजेटबाट आकस्मिक प्रसूति सेवा शल्यक्रिया सेवा दिनको लागि भौतिक व्यवस्था भए नभएको अध्यायन गर्न लागि महाशाखाका स्त्री रोग विशेषज्ञ डा. इन्द्रप्रसाद प्रजापति कोल्टी पुगेर अध्यान गरेर फर्केका छन् ।

कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा जटिल प्रकारका प्रशूति महिलाका समस्याहरू बढी आउने भएकाले यो सेवा सुचारु गर्न आवश्यक भएको हो । महाशाखाका स्त्री रोग विशेषज्ञ डा. प्रजापतिले भनेः ‘प्रसूति गराउन नसकेर कतिपय आमाहरूले अकालमै ज्यान गुमाउनु परेपछि परिवार कल्याण महाशाखाले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा यो सेवा शुरु गर्न लागेको हो ।’

आफू बाजुरा आउँनको कारण ‘सेवा शुरु गर्नका लागि यहाँको भौतिक संरचनाको अवस्था बारे बुझ्न आफू बाजुरा आइपुगेको र बुढीनन्दा नगरपालिकाका प्रमुख लगायत जनप्रतिनिधीलाई जानकारी गराएका छौ’ उनले भने ।

हाल कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उत्तरपूर्वी क्षेत्रका चारवटा स्थानीय तहका साथै हुम्ला र मुगुका नागरिक सेवा लिन आउने गरेको कुरा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा. शत्य शाहीले बताएका छन् ।

जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले थपे, ‘यो प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य बिमा गरेका बिरामीको सेवा सेन्टर पनि हो । अर्र्कोतिर यातायात नभएका कारण बिरामी जोगाउँन कठिन छ कम्तीमा यो शेवा शुरु भएमा आमा र बच्चाले सेवा पाउँछन् ।’

सदरमुकाम मार्तडीमा समेत आकस्मिक प्रसूति केन्द्र भएका कारण शल्यकृया गरेर आकस्मिक प्रसूति सेवा दिइएको छ । तर रक्त संचार केन्द्र  नभएका कारण केही समस्या आएको छ । कोल्टीमा सञ्चालन हुने आकस्मिक प्रसूति केन्द्रमा पनि रगतको प्रबन्धमा लाग्न नेपाल रेडक्रसको शाखाले अहिलेदेखि नै तयारी गर्नु पर्ने जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले बताए ।

सो सेवा नुहँदा यस वर्ष मात्र सुत्केरी हुन नसकी छ महिलाको मृत्यु भएको छ । मल्लाकुडीकी ३२ वर्षिया श्रीमती चनादेवी लुवारको सुत्केरी भएको दुई दिनमा मृत्यु भएको थियो । अगाउँ पानीकी २५ वर्षीय खुमकला शाकी, कैलासमाण्डौंकी १७ वर्षीय टीउँकी बि.क,  बाह्रबीसकी ३५ वर्षिय जुनकला लुहार , गोत्रीकी मुगा रावल कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार नपाउँदा कोल्टी विमानस्थलमै जहाजको प्रतीक्षा गर्दागर्दै मृत्यु भएको थियो ।

सदरमुकाम मार्तडीमा पाँच वर्ष अगाडि शल्यक्रिया सहितको प्रसूति सेवा शुरु भएपछि गर्र्भवतीहरूले अकालमै ज्यान गुमाउनु पर्ने समस्या कम भए पनि कोल्टी क्षेत्रका महिलाको समस्या भने जिउँकातिहुँ थियो । दुई महिनापछिबाट सेवा शुरु गर्ने गरी तयारी हुँदै गरेकाले त्यस क्षेत्रका महिला खुशी भएका छन् ।

 



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2MNgUyk

No comments:

Post a Comment

Post Bottom Ad

Pages