दिपक र दीपाले गरे दुई दिनमा दुई उद्घाटन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 30, 2018

दिपक र दीपाले गरे दुई दिनमा दुई उद्घाटन

हाँस्य कलाकार जोडी दिपकराज गिरी र दीपाश्री निरौलाको दौडधुप अहिले बढेको छ । विशेषगरि, चलचित्र रिलिजको दिन नजिकिदै गर्दा उनीहरुको दौडधुप बढ्नु स्वभाविक हो । घटस्थापनाबाट उनीहरुले निर्माण गरेको चलचित्र ‘छक्का पन्जा ३’ रिलिज हुँदैछ ।

यही क्रममा यो जोडीले २ दिनमा २ वटा पसलको उद्घाटन गर्न भ्याएको छ । शुक्रबार यो जोडी काठमाण्डौको मैतिदेवीमा संचालनमा आएको ‘केकेएफसी’ रेष्टुरेन्ट उद्घाटन गर्न पुगेका थिए । उनीहरुले, रिवन काटेर ‘केकेएफसी’को उद्घाटन गरे ।

काठमाण्डौको पिपुल्स प्लाजापछि ‘केकेएफसी’को नयाँ शाखा मैतिदेवीमा संचालनमा ल्याइएको हो । उनीहरुले, ‘केकेएफसी’का सम्पूर्ण खानेकुरा स्वादिष्ट रहेको प्रतिक्रिया दिए । उनीहरुलाई रोबर्टले खानेकुरा सर्भ गरेको थियो ।

यस्तै, शनिबार भने उनीहरु सिटी सेन्टरमा संचालनमा आएको ‘निल डेभिड सैलुन’को नयाँ शाखा उद्घाटन गर्न पुगेका थिए । दिपक र दीपाले चलचित्रको प्रचारसँगै विभिन्न निमन्त्रणालाई पनि स्विकार गरिरहेको बताए ।



from Online Khabar https://ift.tt/2Ol5Z3B

No comments:

Post a Comment

Post Bottom Ad

Pages