व्यस्त सडक । कमिलाको ताँतीजस्तै मान्छेको भिड छ । सबै आफू–आफूमै व्यस्त छन् । व्यस्तताले मानिसलाई बेग्लै बनाएको छ । पहिचान हराउँदै गएको छ । कमिलाको जस्तो ताँतीमै हराएका मान्छेहरूको कथामा आधारित नाटक हो ‘सानो वृत्तमा कमिलाहरू ।’
शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटकले व्यस्त बजारमा आफ्नो अस्तित्व खोज्ने मान्छेहरूको कथा बोलेको छ । यो नाटक शिल्पीका नवौँ सत्रका विद्यार्थीले मञ्चन गरिरहेका छन् । नाटकको निर्देशन नेदरल्यान्डका रंगकर्मी लिमा रोडले गरेका हुन् ।
कम मात्र संवादको प्रयोग गरिएको नाटकमा शारीरिक हाउभाउलाई अभिव्यक्तिको माध्यम बनाइएको छ । नाटकले अहिले आधुनिक बजारमा रमाइरहेका मान्छेलाई व्यंग्य गरेको छ ।
सडकको लोकेसन सडक हो । सडकबाट सुरु भएर सडकमै सकिन्छ । त्यसबीचमा हुने घटनालाई नाटकमा सुन्दर ढंगले बुनिएको छ । नाटकका पात्रहरू विभिन्न धर्म र सम्प्रदायका छन् । यसले विविधतालाई देखाएको छ ।
नाटकमा भव्य सेट छैन । तर, प्रकाशको माध्यमबाट स्टेजलाई अर्थपूर्ण बनाउन खोजिएको छ । नाटकमा रविन परियार, शान्ति लामा तामाङ, मोहन प्रकाश, शैलेन्द्र थेवे, नगेन माखिम, मञ्जरी दवाडी, पेस्ला कटुवाल, गोविन्द ओली, निसिम श्रेष्ठ, दीपखिशा दवाडी, अवतार पाठक, असीम खनाल, शरद गिरी, समीत भण्डारीलगायतको अभिनय छ । नाटक २० असोजसम्म मञ्चन हुनेछ ।
The post शिल्पीमा कमिलाजस्ता मान्छे appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2NMMsd6

No comments:
Post a Comment