प्रदेश ७ : आज नाम र राजधानी टुंगो लाग्दै, विरोध भने कायमै - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 28, 2018

प्रदेश ७ : आज नाम र राजधानी टुंगो लाग्दै, विरोध भने कायमै

प्रदेश ७ को नाम र राजधानीकाे विषयलाई लिएर धनगढीका स्थानीयले गर्दै आएको विरोध आजपनि कायमै छ । शुक्रबार बस्ने प्रदेश संसदको बैठकले प्रदेशको नाम र राजधानी टुंगो लगाउने कार्यसूची रहेको छ ।

फाइल तस्बिर

यद्यपी अहिले पनि प्रदेश सभाबाहिर स्थानीयले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनको कारण कतिपय सांसदहरु प्रहरीको गाडीमा प्रदेशसभा हलसम्म पुगेका छन् ।

प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी कैलालीको गोदावरी नगरपालिका–४ तेघरी क्षेत्र ‘गोदावरी’मा राख्ने प्रतिवेदन मंगलबार संसद्मा प्रस्तुत गरिएको थियो । कैलालीकै धनगढीका बासिन्दाले राजधानी सार्न लागेको भन्दै विराेध गरेका हुन् ।

प्रदेश ७ को राजधानी सिफारिस : कतै स्वागत, कतै आन्दोलन

प्रदेश सभा चलिरहँदा बाहिर विरोध प्रदर्शन

 

The post प्रदेश ७ : आज नाम र राजधानी टुंगो लाग्दै, विरोध भने कायमै appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2Q9nTU8

No comments:

Post a Comment

Post Bottom Ad

Pages