सडक सञ्जालमा जोडियो मुगुको तारापानी, स्थानीय हर्षित - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 28, 2018

सडक सञ्जालमा जोडियो मुगुको तारापानी, स्थानीय हर्षित

मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका ८ को तारापानीमा पहिलो पटक गाडी पुग्दा स्थानीय हर्षित भएका छन् ।

जिल्ला सम्मनवय समिति  मुगु अन्तर्गत गैह्र सरकारी संस्थाकाे ग्रामिण पहुँच कार्यक्रमको आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरिएको गमगढी रारा गिलाह सडकखण्डको तारापानीमा पहिलो पटक गाडी पुगेको हो ।

तारापानीमा बिहीबार एक दर्जन भन्दा बढी चार पांग्रे सवारीसाधन पुगेपछि स्थानीय ४, ५ घण्टाको पैदल हिनेर फूल माला, अबिर र बाजागाजासहित सवारीलाई स्वागत गरेका थिए । जिल्लाकै दुर्गम मानिने सोरु गाउँपालिकामा पहिलो पटक गाडी पुग्दा ६ सय भन्दा बढी स्थानीय गाडी हेर्नको लागि पुगेका थिए ।

एक दिनको पैदल यात्रापछि सदरमुकाम पुगिने अब एक घण्टाको यात्राबाट पुग्न सकिने सोरु गाउँपालिकाको ८ का स्थानीय जयबहादुर शाहीले बताए । खुसी हुँदै उनले भने अब सदरमुकाम जान आउन सहज हुनुका साथै औषधी उपचारकोकालगि सहज हुने भयो ।

सडक परिक्षणमा अनुगमनको लागि जिल्ला सदरमुकामदेखी प्रदेश सांसद चन्द्रबहादुर शाही जिल्ला समन्वय प्रमुख उपप्रमुख, छाँयानाथ रारा नगरपालिकाका मेयर उपमेयर, प्रमु जिल्ला अधिकारी, बिभिन्न सुरक्ष निकायका प्रमुख, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, संघ सस्थाका प्रतिनिधी, नागरीक समाज, संचारकर्मी लगायतका व्यत्तिहरु एक दर्जन भन्दा बढी गाडी लिएर तारापानी पुगेका थिए ।

पाँच वर्ष अगाडिदेखि निर्माणाधिन अवस्थामा रहेको गमगढी रारा गिलाह खण्डको २२.७५ किलो मिटर सडक निर्माण पुरा भइ चारपांग्रे सवारी सहजै पुगाउन सफल भएको ग्रामिण पहुच कार्यक्रमका टिम लिडर मोहन रुवालीले बताए । सडक खण्डमा थप मर्मतको काम बाँकी रहेकोले मंसिरको अन्तिमसम्ममा सोरु गाउँपालिकालाई हस्तान्तरण गरिने उनले बताए ।

The post सडक सञ्जालमा जोडियो मुगुको तारापानी, स्थानीय हर्षित appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2NMMmCg

No comments:

Post a Comment

Post Bottom Ad

Pages