बार्सिलोना र रियल म्याड्रिड पराजित - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 28, 2018

बार्सिलोना र रियल म्याड्रिड पराजित

स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोना र रियल म्याड्रिडले सिजनकै पहिलो हारको सामना गरेका छन् । बार्सिलोना रेलिगेसन जोनमा रहेको लेगान्ससँग २–१ ले पराजित भयो । अर्को खेलमा रियल म्याड्रिड सेभिल्लासँग ३–० ले स्तब्ध रह्यो ।

खेलको १औँ मिनेटमा फिलिप काउन्टिन्होको गोलमा बार्सिलोनाले १–०को अग्रता लियो । दोस्रो हाफमा गतिलो प्रदर्शन गर्न नसक्दा साबिक विजेता बार्सिलोनाले हारको सामना ग-यो । खेलको ५२औँ मिनेटमा लेगान्सका नबिल एल जहरले १–१ को बराबरीमा ल्याए । खेलको ५३औँ मिनेटमा ओस्कारको गोलसँगै लेगान्सले बार्सिलोनामाथि २–१ को सनसनीपूर्ण जित निकाल्यो । बार्सिलोना र रियलका समान १३ अंक छन् ।

रियलविरुद्ध ३ गोल
रियलले शीर्ष स्थानमा उक्लने राम्रो मौका गुमायो । सेभिल्लालाई हराउँदै रियलले स्पष्ट ३ अंकको अग्रता लिने थियो । घरेलु मैदानमा सेभिल्लालाई जित दिलाउन आन्द्रे सिल्भाले २ तथा विसम बेन एडरले एक गोल गरेका थिए । सेभिल्लाले तीनै गोल पहिलो हाफमा सम्भव बनाएका थिए । खेलको १७औँ मिनेटमा सिल्भाले सेभिल्लालाई १–० को अग्रता दिलाए । २१औँ मिनेटमा सेभिल्ला २–० को अवस्थामा पुग्दा सिल्भाले व्यक्तिगत दोस्रो गोल गरे ।

The post बार्सिलोना र रियल म्याड्रिड पराजित appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2Qhw557

No comments:

Post a Comment

Post Bottom Ad

Pages