फ्राइडे रिलिज :
आज शुक्रबारदेखि एकसाथ तीन फिल्म– अनुराग कथा काठमाडाैँ र छिरिङ प्रदर्शनमा आएका छन् । सत्यराज चौलागार्इंको डेब्यु निर्देशनमा बनेको अनुरागका निर्माता पत्रकार ऋषि धमला हुन् । प्रेमजोडी अनु र रागको कथामा निर्माण गरिएको फिल्ममा एलिजा गौतम, समुन्द्र भट्ट, सरोज खनाललगायत कलाकारले अभिनय गरेका छन् ।
सञ्चारकर्मी संगीता श्रेष्ठको डेब्यु निर्देशनमा निर्मित कथा काठमाडौंमा राजधानीमा हुने गरेका अनेक गतिविधि देखाइएको बताइन्छ । फिल्ममा प्रियंका कार्की, प्रमोद अग्रहरि, सन्ध्या केसी, आयुष्मान देशराज श्रेष्ठ, सञ्जोग कोइरालालगायत कलाकारले अभिनय गरेका छन् ।
त्यसैगरी, गायक यशकुमारले निर्देशनमा डेब्यु गरेको छिरिङमा बहुपति प्रथाको कथा प्रस्तुत गरिएको बताइन्छ । अधिकांश दृश्य मुस्ताङमा खिचिएको फिल्ममा यशकुमार आफैँ, अर्का गायक निमा रुम्बा, कविता भुजेललगायत कलाकारले अभिनय गरेका छन् ।
बिहीबार साँझ छिरिङको प्रिमियर सो आयोजना गरियो । प्रिमियरमा छिरिङले सकारात्मक प्रतिक्रिया पाएको छ । फिल्मको निर्माता सुनील माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकी छन् ।
The post हलमा अनुराग, कथा काठमाडाैं र छिरिङ appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2NMM91W

No comments:
Post a Comment