युनिग्लोबमा इन्टरप्रिनियोरसिप इन्क्युवेसन सेन्टर - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 22, 2018

युनिग्लोबमा इन्टरप्रिनियोरसिप इन्क्युवेसन सेन्टर

 कांग्रेस नेता तथा सभासद् गगनकुमार थापाले सफल व्यवसायी बन्न सही दृष्टिकोण र दृढ संकल्प आवश्यक रहेको बताएका छन् । नयाँ वानेश्वरस्थित युनिग्लोब कलेजले स्थापना गरेको ‘इन्टरप्रिनियोरसिप इन्क्युवेसन सेन्टर’, ‘फाइनान्स ल्याब’ र ‘कम्युनिकेसन ल्याब’को शुक्रबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

इन्क्युवेसन सेन्टरले कलेजमा बिबिए र एमबिए अध्ययन गर्ने विद्यार्थीमा उद्यमशीलता विकास गराउने कलेजका प्रिन्सिपल नरबहादुर विष्टले बताए । उद्योग स्थापना गर्न विद्यार्थीको कन्सेप्ट बुझिने, उक्त कन्सेप्ट ठीक भए–नभएको र चुनौतीबारे सम्बन्धित क्षेत्रका विज्ञबाट छलफल गराइने र उचित लागे दर्ता गरेर उद्योग खोल्न विद्यार्थीलाई सहयोग गरिने उनले जानकारी दिए । ‘हामी विद्यार्थीलाई उद्योग दर्ता गर्न र कार्यालय खोल्ने सिड मनिसमेत प्रदान गर्छौँ,’ उनले भने ।

त्यस्तै, फाइनान्स ल्याबले नेपालको स्टक मार्केटबारे जानकारी दिने, स्टक मार्केटको अवस्था, जोखिम आदिको विश्लेषण गर्ने र विद्यार्थीलाई उचित परामर्श दिने बताए । त्यसैगरी, कम्युनिकेसन ल्याबले विद्यार्थीको कम्युनिकेसन स्किल वृद्धि गर्न सघाउ पु-याउने, सफ्टवेयरको सहयोगले सेल्फ एसेसमेन्ट गर्न लगाउने उनले जानकारी दिए ।

एकै साथ तीनवटा कार्यक्रको उद्घाटन गरेर विजनेस कलेजले छुट्टै पहिचान बनाएको उनले बताए । अध्ययन सकेर शैक्षिक प्रमाणपत्रका साथै इच्छाएको कम्पनीसहित विद्यार्थी दीक्षित हुने उनले जानकारी दिए । कार्यक्रममा पूर्वगभर्नर डा. तिलक रावल, बृहत् ग्रुपका अध्यक्ष ओम राजभण्डारी, नेपाल चेम्बर अफकमर्सका उपाध्यक्ष भास्करराज कर्णिकार, पूर्वमिस नेपाल माल्भिका सुब्बा, नीरज खनालले युनिग्लोब कलेजले सुरु गरेको नया“ कार्यक्रमको महत्वबारे बोलेका थिए ।

 

The post युनिग्लोबमा इन्टरप्रिनियोरसिप इन्क्युवेसन सेन्टर appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2DnO20d

No comments:

Post a Comment

Post Bottom Ad

Pages