राजधानी समाचारदाता/काठमाडौं ।
सार्क क्षेत्रका कृषकहरुको आय दोब्बर गर्न कृषि प्रसार रणनीति तथा अवधारणा मुल नाराका साथ अन्तरष्ट्रिय सम्मेलन काठमाडौंमा सूरु भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि सुचना तथा सञ्चार केन्द्र र नेपाल कृषि प्रसार समितिको संयुक्त आयोजनामा र अन्तराष्ट्रिय कृषि प्रसार समिति हैदरावादमा भारतको सह आयोजनामा उक्त सम्मेलन सुरु भएको हो । उक्त सम्मेलन चार दिन सम्म संचालन हुने छ । उक्त कार्यक्रमको उद्घाट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई आधुनिकीकरण, व्यावसायिकरण र यन्त्रिकरण गर्दै दिगो कृषि विकास रणनीति कार्यान्वयनमा अगाडि बढउने बताए । प्रधानमन्त्री ओलीले देशको अर्थतन्त्र कृषि क्षेत्रबाट नै बढ्ने भएकाले कृषि क्षेत्रलाई अधुनिकारण यन्त्रिकरण र व्यवसायमा रणनीति तथा अवधारणाहरु अगाडि बढाउन आवश्यक रहेको बताए । उनले कृषि क्षेत्रबाट नै मुलुकको गरीबी घटान सकिने भएकाले कृषि रणनीति तथा अवधवारण कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।
कृषिलाई आधुनिकीकरण र यन्त्रिकरण गर्दै दिगो कृषि विकास रणनीति कार्यान्वयनमा अगाडि बढाउने : प्रधान मन्त्री केपी र्शाम ओली
। साथै उनले मुलुकको समृद्धि र आर्थिक विकासमा कृषि क्षेत्रको योगदान धेरै महत्वपूर्ण रहेको उनले बताए । उनले भने हामी कृषि उत्पादनमा आत्मनिर्भर हुनुपर्ने र त्यसपछि हामी हाम्रो उत्पादन निर्यात गर्न सकिने बताए । प्रधानमन्त्री आधुनिक परियोजनाबाट विभिन्न क्षेत्रलाई जोन, सुपरजोन बनाई औद्योगिकीकरण गरिने समेत जानकारी दिएका थिए । त्यसका लागि भूमि उपयोग अन्तर्गत भूमि एकीकरण र चक्लाबन्दीमार्फत् उत्पादन र उत्पादकत्वमा जोड दिइने बताए ।
त्यस्तै कार्यक्रममा कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले सार्क राष्ट्रको साझा दायित्वका आधारमा कृषिको समस्या समाधानका लागि पहल गर्नुपर्ने बताए त्यस्तै मन्त्रालयका सचिव युवकध्वज जीसीले पाँच वर्षमा उत्पादन दोब्बर बनाउने लक्ष्य पूरा गर्न कृषि विकास रणनीतिको कार्यान्वयनमा जोड दिने बताए ।
सम्मेलनमा नेपाल, भूटान, भारत, बङ्गलादेश तथा श्रीलङ्काबाट कृषि क्षेत्रका नीति निमार्ता, वरिष्ठ पदाधिकरी, प्राज्ञ किसान, कृषि पसार विज्ञहरु लगात करिब चार सय व्यक्तिको सहभागिता रहेको छ ।
सम्मेलनमा कृषि प्रसार सेवाका लागि नीतिगत सुधार, नवीन र बहुपक्षीय कृषि प्रसार अवधारणा, जलवायु अनुकूल र साना किसान सम्बन्धी विभिन्न विधामा कुल ८७ ओटा कार्यपत्र प्रस्तुत हुनेछन् ।
from Rajdhani Daily https://ift.tt/2O1GGn0

No comments:
Post a Comment