अझै सञ्चालनमा आएन स्टिमर - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 30, 2018

अझै सञ्चालनमा आएन स्टिमर

वर्षात् सकिए पनि कालीगण्डकी नदीमा जल यातायात (स्टिमर) सञ्चालन हुन सकेको छैन । वर्षाका कारण नदीमा बाढी आउँदा गएको असारदेखि स्टिमर सेवा बन्द भएको थियो । असोज लागेसँगै वर्षा हुन छाडे पनि नदीमा पानीको बहाव नघट्दा स्टिमर सञ्चालन गर्न नसकिएको व्यवसायीले बताएका छन् ।

कालीगण्डकी ‘ए’ जलविद्युत् गृह मर्मतका लागि एक सातादेखि बाँधका ढोका खोलिएका छन् । जसका कारण नदीमा पानीको बहाव धेरै छ । नदीमा पानीको बहाव घटेपछि मात्रै सेवा सुरु गरिने स्टिमर सेवा सेतीवेणीका व्यवसायी रवि भट्टराईले बताए ।

‘जलविद्युत्को बाँधको ढोका बन्द नहुँदा र पानीको बहाव नघट्दासम्म स्टिमर सञ्चालन गर्न सकिँदैन,’ उनले भने ‘असोजको २० भन्दाअघि नदीमा पानीको बहाव घट्ने छाँट देखिएको छैन ।’

११ वटा स्टिमर सञ्चालन
कालीगण्डकीको जलाशयमा दैनिक ११ वटा स्टिमर सञ्चालन हुँदै आएका थिए । स्थानीय बोटे समुदायलाई आयआर्जनका लागि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले दुईवटा स्टिमर उपलब्ध गराएको छ । स्टिमरमा २५ जनाले प्रत्यक्ष रूपमा र दर्जनौँ व्यक्तिले अप्रत्यक्ष रूपमा रोजगारीको अवसर पाएका छन् ।

स्टिमर सेवा अवरुद्ध हुँदा पर्वत र स्याङ्जाका ग्रामीण क्षेत्रका नागरिक जल यातायातको सुविधाबाट वञ्चित बनेका छन् । गुल्मी क्षेत्रमा भने कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि स्टिमरको भर पर्नुपर्ने अवस्था टरेको छ । यहाँ विगत १८ वर्षदेखि व्यावसायिक रूपमा स्टिमर सञ्चालन हुँदै आएको छ । असार, साउन र भदौ महिनाबाहेक वर्षका नौ महिनासम्म स्थानीयले स्टिमर सेवा उपयोग गर्छन् ।

बिहादी गाउँपालिका–६ (साबिकको शालिग्राम गाविस)देखि स्याङ्जाको मिर्मिसम्म करिब आठ किलोमिटरको दूरीमा स्टिमर सञ्चालन हुन्छ । पर्वत, गुल्मी र स्याङ्जाका गरी साबिकका २५ भन्दा बढी गाविसका हजारौँले स्टिमर सेवा लिँदै आएका छन् ।

स्टिमर सञ्चालन नहुँदा दैनिक आधा घन्टामा सकिने दूरीको बाटो चार घन्टा पैदल हिँडेर पार गर्नुपर्ने अवस्था रहेको भट्टराईले बताए ।

The post अझै सञ्चालनमा आएन स्टिमर appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2xMBLgn

No comments:

Post a Comment

Post Bottom Ad

Pages