विराटनगर विमानस्थल भित्र दानपेटिका - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 30, 2018

विराटनगर विमानस्थल भित्र दानपेटिका

विराटनगर विमानस्थल भित्र मन्दिर निर्माणको लागि सहयोग जुटाउन भन्दै दानपेटिका राखिएको छ ।

विमानस्थल प्रस्थान कक्षको प्रतिक्षालयको अन्तिम ढोका नजिकै ऊँ कार शिव मन्दिर संचालनार्थ नाम दिएर दान पेटिका राखिएको हो ।

विराटनगर विमानस्थलबाट भिन्न ठाउँमा यात्रा गर्ने यात्रुहरुले उक्त्त दान पेटिकामा नगद दान गरेर मात्र जाने गरेका छन् । जहाज चढनु अगाडि भगवानको नाममा दान पेटिका खुल्ला रुपमा राखिएकोले दान नगरेमा यात्रा सुरक्षित नहोलाकी भन्ने भय रहने गरेको नियमित यात्रा गर्ने एक यात्रीले बताए ।

विभिन्न देशको विमानस्थलहरुमा राखिएका दान पेटिका असक्त्त, अपांग, महिला बालबालिकाहरुको हितको लागि राखिएको देखिएपनि मन्दिर सञ्चालनको लागि भनेर आज सम्म दानपेटिका नदेखिएको यात्रुहरु बताउँछन् ।

नियमित आवतजावत गर्ने एक यात्रुले भने -‘यत्रो विमानस्थल संचालन गर्ने खर्चले एउटा मन्दिर संचालन गर्नको लागि भनेर दानपेटिका राख्नु हास्यस्पद मात्र नभएर यात्रु आतंकित बनाउने कार्य भएको बताए ।

मोरंगका सिडिओ रमेश केसीले सार्वजनिक स्थानमा दानपेटिका राख्नु अनौठो नभएपनि विमानस्थल क्षेत्रमा मन्दिर सञ्चालनको लागि भनेर राखिनु उचित नहुने बताए । उनले अब सार्वजनिक स्थानमा राखिने दानपेटिकाहरुबारे पनि कार्यबिधी बनाउन आवश्यक हुने बताए । सार्वजनिक स्थानमा राखिदै आएका दानपेटिकाबारे पनि कार्यबिधि निर्माण गर्न आवश्यक भइसकेको र यस विषयमा प्रदेश सरकार र स्थानिय तहले चासो दिनुपर्ने उनले बताए ।

आजभोली मन्दिर, मस्जिद, चर्चा, गुम्बालगायतका धार्मिक प्रतिष्ठानहरुमा मात्र नभएर विमानस्थल, निजी र सरकारी अस्पताल, विद्यालय, बैंक, बित्तिय संस्था सरकारी र गैरसरकारी कार्यालय जस्ता स्थाहरुमा दानपेटिका राखिने गरेको पाइन्छ । तर तीन स्थानहरुमा दानपेटिका राख्न उपयुक्त्त स्थान हुन होइन, संकलन भएको रकम पारदर्शी ढगले खर्च हुन्छ हुदैन, भनिए अनुसारको उद्देश्यमा लगानी भएको छ छैन केही जानकारी नहुने गरेको अधिबक्त्ता जगन फुँयाल बताउँछन् ।

सकारले लागू गरेको नयाँ मुलूकी ऐनमा चन्दा लिने र भीख माग्नेलाई अपराध घोषणा गरि दण्डको समेत व्यस्वस्था गरिसकेकोले अब दानपेटिकाहरुको लागि पनि कार्यबिधि बनाएर लागू गनुपर्ने उनले बताए । अधिबक्त्ता फुँयालले भने, —‘यसबारे प्रशासन, प्रदेश सरकार र स्थानीय तहले चासो दिउन ।’

The post विराटनगर विमानस्थल भित्र दानपेटिका appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2DJ6Mr1

No comments:

Post a Comment

Post Bottom Ad

Pages