राजधानी समाचारदाता, काठमाडौ । भ्याली फिल्म एकेडेमीको प्रस्तुतीमा नेपाली चलचित्र ‘कप्टी’ निर्माण हुने भएको छ । भुपेन्द्र गुरुङको लेखन तथा निर्देशनमा बन्ने चलचित्र उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, केशव राई, स्मृति बलामी, सोनी गुरुङ, विकास गुरुङ, बिनु गुरुङ लगायतका कलाकारहरुको अभिनय रहने छ । चलचित्रलाई मदन घिमिरेले खिच्दै छन् भने नारायण रायमझी, मेलिना राई, धर्मेन्द्र सेवान, टिका पुन र तारा सिरिस मगरको स्वर रहेको छ ।
मौलिक नेपाली कथामा बन्ने भनिएको कप्टीका निर्माताहरुमा प्रेमबहादुर गुरुङ, मिनु लामा, देवबहादुर गुरुङ रहेका छन् । सोलुखुम्बुको जुबु र आसपासका क्षेत्रमा छायांकन गरिने सिनेमा कप्टी आफ्नै पिताका हत्यारासंगको बदला र जीवन संघर्ष बोल्ने निर्माण पक्षले जनाएको छ ।
from Rajdhani Daily https://ift.tt/2MCtgsO

No comments:
Post a Comment