आत्महत्याको सामाजिक पाटो
डा.प्रकाश बुढाथोकी
नेपाल प्रहरीका अनुसार नेपालमा दैनिक १५ जनाले आत्महत्याको प्रयास गरिरहेका हुन्छन् । जसमा डिप्रेसनका कारण आत्महत्या बढ्दो छ । २०७४÷७५ मा ५ हजार ३४६, २०७३÷७४ मा ५ हजार १३१, २०७२÷७३ मा ४ हजार ६८० र तीन वर्षअघि ४ हजार ७ सयले आत्महत्या गरेका थिए । आत्महत्या गर्नेमा नेपाल सातौं स्थानमा पर्छ भने महिलाको हकमा नेपाल तेस्रोमा छ । सबैभन्दा बढी विष सेवन र झुन्डिएर आत्महत्या हुने गरेका छन् ।
मानिसको सबैभन्दा महŒवपूर्ण र प्रियवस्तु आफ्नो शरीर र जीवन हो । पूर्ण होसमा रहेको बेला परिणति जानीबुझी आफैंलाई हानी नोक्सानी पु¥याउनेगरी उठाइएका कदमद्वारा ज्यान गएमा त्यसलाई आत्महत्या भनिन्छ । यस्तो एक आत्महत्याका पछाडि २० बढीसम्म आत्महत्या गर्ने कोसिस हुने गर्दछन् । ध्यान दिँदा ८० प्रतिशतसम्म आत्महत्या रोक्न सकिन्छ ।
प्रकोपताः
विश्वमा हरेक पाँचमा एकमा मानसिक रोग रहेको, बर्सेनि ८ देखि १० लाखले अर्थात् प्रत्येक ४० सेकेन्डमा एकले आत्महत्या गर्ने गरेको तथा हरेक ३ सेकेन्डमा एक जनाबाट आत्महत्याको प्रयास हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कुल मानसिक रोगीमध्ये ५० प्रतिशतलाई रोगको उपचारबारे जानकारी छैन तथा सामाजिक विभेदका कारण उपचारको पहु“चमा छैनन् । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रको तथ्यांकअनुसार उपचारको दायरामा आएका ५० हजार बिरामीमा ६३ प्रतिशत महिला र ३७ प्रतिशत पुरुष छन् ।
विश्व स्वास्थ्य संगठनले गत दुई शताब्दीमा आत्महत्याको वृद्धिदर ५ प्रतिशतबाट ६२ प्रतिशत बढी भई विश्वमा हरेक ३० सेकेन्डमा एक जनाले आत्महत्याद्वारा मृत्यृ अँगाल्ने र बाँचेकामा पनि विकराल रूपमा अपांगता हुने आँकडा दिएको छ । दैनिक ३ हजारबढीले आत्महत्या गर्नेमा न्यून तथा मध्यम आय भएका राष्ट्रका ८६ प्रतिशत पर्दछन् । हरेक एक आत्महत्यापछि २० भन्दा बढी आत्महत्याका प्रयास हुन्छन् । जापान, चीन र भारतमा मात्रै विश्वको ४० प्रतिशत आत्महत्या हुन्छ । १० देखि २४ वर्È उमेर समूहमा मृत्यृको दोस्रो र १५ देखि ४४ वर्È उमेर समूहमा तेस्रो मृत्यृको कारण आत्महत्या नै छ ।
विश्वकै सबैभन्दा बढी जनसंख्या भएको राष्ट्र चीन आत्महत्यामा पनि अगाडि देखिएको छ । चीनको रोग नियन्त्रण केन्द्रको सार्वजनिक प्रतिवेदनमा प्रत्येक २ मिनेटमा एक जनाले आत्महत्याको प्रयास गर्ने तथा वार्Èिक कम्तीमा २ लाख ८७ हजारले आत्महत्या गर्छन् । सबैभन्दा बढी मृत्यृको कारक आत्महत्या भएको, बर्सेनि २० लाखबढीले आत्महत्या प्रयास गर्ने, १५ देखि ३४ वर्È उमेरको मृत्यृको प्रमुख कारण रहेको र विगत ५० वर्Èमा आत्महत्या ६० प्रतिशतले बढेको बताइन्छ चीनमा ।
नेपालमा पनि आत्महत्या बढ्दै गएको पाइन्छ । सन् २००६ मा २०२९ जना, २००७ मा २५६६ जना २००८ मा २७८५ जना २००९ मा ३०६१ र २०७४÷७५ मा ५ हजार ३४६ तथा २०७३÷७४ मा ५ हजार १३१ अनि २०७२÷७३ मा ४ हजार ६८० भइसकेको तथ्यांक राख्ने एक मात्र निकाय नेपाल प्रहरीले जनाएको छ ।
आत्महत्याको कारणमा ९० प्रतिशत मानसिक रोग— उदासपन, मादक पदार्थको सेवन, लागूपदार्थको दुव्र्यसन, व्यक्तित्वमा असमझदारी पर्ने गरेका छन् । हरेक सयमा ७० जना झुन्डिएर, १८ जना विÈ सेवन गरेर, १२ जनाले पानीमा डुबेर वा आगोमा जलेर आत्महत्या गर्ने गरेको पाइन्छ । प्रत्येक २ घण्टामा १ तथा वार्Èिक करिब ४ हजार नेपालीले आत्महत्या गर्ने गरेको तथ्य नेपाल प्रहरीले सार्वजनिक गरेको छ । आत्महत्या दर्ताको असहज प्रक्रिया, कानुनी झन्झट, परिवारमा देखिने सामाजिक द्वेÈको भाव, यसप्रतिको गलत धार्मिक विश्वास, सामाजिक असहयोगका कारण बताइएभन्दा दुई–तीन गुणा बढी आत्महत्याका घटना हुन सक्ने सम्भावना छ । आत्महत्या गर्नेमा पुरुÈ तीन गुणा अगाडि छन् भने प्रयास गर्नेमा महिला पुरुÈभन्दा तीनगुणा बढी पाइन्छ ।
कारणः
साधारणतया बुझ्ने भाÈामा सबै आत्महत्यामा प्रेम सम्बन्धमा असफलता, बलात्कार, बालबच्चाको पालनपोÈण र उपचार गर्न नसक्नु, अंशबन्डामा किचलो, जुवातास, अत्यधिक मद्यपान, वेश्यावृत्ति आदि देखिन्छन् । विद्वान्हरू गरिबी, निराशा, मानिसक कारण र वंशाणु कारणले आत्महत्या निम्त्याउ“छ भन्छन् । तर, हरेक आधारभूत कारक तŒवमा सामाजिक विघटन, अस्तव्यस्तता, असाधारण सामाजिक जालो, प्रेम सद्भावको अभाव र व्यक्ति र समाजबीच समन्वय र सहकार्यको अभाव, नया“ परिस्थितिसँग हेलमेल हुन नसक्नु, नया“ चुनौतीको सामना गर्न नसक्नु पर्दछन् ।
बढी धुम्रपान, मद्यपान र नशालु पदार्थको सेवन गर्ने समाजमा पनि आत्महत्या बढी हुन्छ । दलित, पिछडिएका तथा सामाजिक र भौगोलिक रूपमा उपेÔित समुदायमा कुलत बढी छ । आत्महत्यामा ६० देखि ८० प्रतिशत उत्तरदायी उदासीन मनोरोग हुन्छ । स्किजोफ्रेनिया, एन्जाइटी, लागू तथा मध्य लत, डेलिरियमजस्ता मनोरोग उनीहरूमा पाइन्छन् । अर्काे ज्वलन्त कारणमा आत्महत्या भएका हाडनाता तथा जुम्ल्याहामा आत्महत्या दर बढी पाइन्छ ।
आत्महत्या गाउँको तुलनामा सहरमा बढी हुन्छ किनभने सहरीया जीवन व्यक्तिवादी, अन्तरमुखी, आत्मकेन्द्रित र हामी भन्ने भावना नहुनु हो । विधवा र विदुर विवाहितका तुलनामा बढी आत्महत्या गर्दछन्, एकान्त जीवन, अन्तरमुखी, हीनताबोधी व्यक्तिहरू समाजबाट टाढा रहने, घुलमिल नहुनेले आत्महत्याको सहारा लिन्छन् ।
आत्महत्या पनि आफू तिरस्कार भएर, चाहना नपुगेर अहमवादी आत्महत्या, आफ्नो कारणले अरूलाई, समाज र देशलाई असर नपरोस् भन्नका लागि आत्महत्या अर्काे खालको हो । विवाह हुन नसक्दा बाबुआमामाथि परेको दःुख पीडाबाट मुक्त गराउन छोरीले आत्महत्या गर्नु तथा १७आंै शताब्दीतिर जापानका लडाकुले आफूले आफैंलाई तरबार हानी आत्महत्या गरेको हारकिरी घटना यसका उदाहरण हुन् । आफ्नो मुलुक र सरकारको सूचना शत्रु पÔलाई दिएर देशमाथि धोका दिनुसट्टा आफंै मर्न तयार हुने परार्थवादी आत्महत्या हो ।
रोकथाम
समाजमा आत्महत्यालाई व्यक्तिगत कमजोरीका रूपमा लिइन्छ तर यो सत्य होइन । धेरैको आत्महत्या रोजाइ होइन, सामाजिक परिबन्द हो । आत्महत्या गर्नुभन्दा अगाडि समाज र परिवारबाट आवश्यक सहयोग खोजेका हुन्छन्, आत्महत्या सहायताविहीन सामाजिक अवस्थाको परिणाम हो । तर, बा“च्न पाउने अधिकारको बहसमा आत्महत्या नै छुटेको छ । आत्महत्याको पछाडि राजनीति र विकास प्रत्यÔ रूपमा जोडिएकाले आत्महत्यालाई उपेÔाको भावना र व्यक्तिगत वा पारिवारिक कमजोरीका रूपमा लिइनुहँुदैन ।
सामाजिक मुद्दाका रूपमा हेरी समाजलाई बुझाउन परिवारले सहयोगी भूमिका खेल्नुपर्दछ । आत्महत्याको संख्या न्यूनीकरण गर्न नेपालमा अविलम्ब राजनीतिक स्थिरता, शान्ति र विकासको खा“चो छ । त्यसभन्दा बढी मानसिक अस्वस्थता सिर्जना गर्ने प्रमुख कारण गरिबी, सामाजिक असमानता, द्वन्द्व, बेरोजगारी, भौगोलिक विकटता, जातीय भेदभाव, लैंगिक विभेद, सामाजिक बहिष्करण, दण्डहीनतालाई सम्बोधन गरिनुपर्दछ ।
आत्महत्या निरुत्साहित गर्ने संस्कृतिको विकास गर्ने, पेस्टिसाइडजस्ता विÈको सहज पहुँचमा प्रतिबन्ध, प्रचलित कानुनमा परिवर्तन गरी अपराधको अभियोग नलगाई सामाजिक समस्याका रूपमा पहिचान र स्थापित गर्नुपर्ने हुन्छ । आत्महत्याबाट जोगाउन सामाजिक सुरÔाको प्रत्याभूति गर्ने राज्यको दायित्व त छ नै त्यसबाहेक समाज र घरपरिवारको महŒवपूर्ण सहयोग र भूमिका रहन्छ ।
१ भदौ २०७५ बाट लागू भएको मुलुकी अपराध संहिता २०७४ को दफा १८५ मा ‘कसैले कसैलाई आत्महत्या गर्न, दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन’ भनी उल्लिखित छ । यस्तो कसुर गर्ने तर असफल र गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिमाना गर्ने प्रावधान छ । आत्महत्या रोक्न सकिन्छ भन्ने तथ्यलाई कानुनी प्रावधान, सजाय र दण्डले मात्र नभई प्रमाणित गर्न युवा तथा वृद्धहरूको मानसिक स्वास्थ्यवस्थालाई पहिचान र सम्बोधन गर्ने, जोखिममा परेका व्यक्ति र परिवारलाई समयमै सहयोग पु¥याउन सक्ने संरचनाको विकास गर्न जरुरी छ ।
(बुढाथोकी वरिष्ठ कन्सल्टेन्ट डेन्टल सर्जन हुन् )
drprakashbt@yahoo.com
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2pirDHO

No comments:
Post a Comment