दीपक ओली/धनगढी– कैलालीको मोहन्याल गाउ“पालिकामा गत फागुन १० गते कुइनेका अन्दाजी २६ वर्षीय रमेश बटालाले युवतीलाई बलात्कार गरे । बलात्कारको सो घटना बाहिर ल्याउन नदिन प्रहरीले नै मिलापत्र गराउने प्रयास गर्यो ।
कैलालीको लम्की नगरपालिका–२ मा बस्ने दृष्टिविहीन महिलालाई दीपक थापा मगरले जवरजस्ती करणी गरेका थिए । थापा मगरलाई कारबाही गर्न आफन्तले उजुरी दिएपनि अहिलेसम्म पक्राउ पर्न सकेका छैनन ।
अहिले वास्तविक अपराधी पक्राउ गर्न छोडी घटनाको साक्षीलाई प्रहरीले सोधपुछ गरिरहेको छ । माथिका दुई घटना केही उदाहरण हुन ।
समाजमा भइरहेका जघन्य घटनाहरुमा प्रहरीकै लापरबाहीले दोषी उम्कने गरेको छ भने अझै धेरै घटनाहरु मिलापत्रमै टुङ्ग्याउने गरिएको छ । प्रहरी प्रशासनले दोषीलाई कारबाहीको दायरामा ल्याउनुको साटो उम्काउने खेल खेल्दा पीडितहरुको विस्थापित हुनुपर्ने अवस्था आएको छ ।
मोहन्यालमा बटालाले बलात्कार गरेकी पीडित युवती अहिले गाउ“घर छोडेर नारायणघाटमा विस्थापित हुनुपरेको छ ।
पीडितका आफन्तले भने ‘प्रहरीले दोषीलाई कारबाहीको दायरामा नल्याउ“दा विस्थापित हुनुपरेको हो ।’
पीडितका बुबा जीतेन्द्र माझीले साउन २ गते आत्महत्या गरेका छन् । प्रहरीले दोषीलाई कारबाही नगरेको भन्दै उनले आत्महत्या गरेको आफन्तले बताएका छन् ।
‘बुबाले आत्महत्या गरेपछि बलात्कार घटना दबाइएको कुरा बाहिर आएको हो’ प्रदेश सभा सांसद रतनबहादुर थापाले भने, ‘बटाला पनि पछि नारायणघाट युवती बस्ने ठाउ“ गए । घर नजिकैको एक होटलमा १५ दिन बसे । जब होटल साहुनीले प्रश्न गरे ‘दाई तपाई के गर्न आउनु भएको ?’ पछि होटल साहुनीलाई शंका लागेपछि प्रहरी लगाएर पक्राउ गरिएको छ ।’ उनका अनुसार बटाला अहिले नारायणघाट प्रहरी कार्यालयमा थुनुामा रहेका छन् ।
लम्कीकी दृष्टिविहिन महिलालाइ बलात्कार गर्ने थापा मगरलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन् ।
प्रहरीले उल्टै पीडितका श्रीमान तथा छरछिमेकका मानिसलाइ पटक–पटक सोधपुछ गरिरहेको पीडित रामप्रसाद चौधरी (नाम परिवर्तन) ले बताए । उनले भने–प्रहरीले उजुरीनै लिन मानेन ।
विभिन्न व्यक्तिको दबाबमा प्रहरीले उजुरी त लियो तर, दोषीलाई पक्राउ गर्न सकेको छैन् ।’ उनले पीडक थापा मागरको साईकल अझै आफनै घरमा रहेको बताए ।
ईलाका प्रहरी कार्यालय लम्कीका इन्स्पेक्टर सुरेन्द्रप्रसाद जोशीले अभियूक्त बटालालाई पक्राउ परि मुद्दा चलाई सकिएको र मगरको खोजी कार्य जारी रहेको बताए ।
‘मगरको आफन्तमा भाइमात्र भएकोले घटना गरेदेखि अहिलेसम्म घरतिर आएको छैन्,’ उनले भने, ‘खोजीका लागि कञ्चनपुर प्रहरी कार्यालयमा हुलियासहित पत्राचार गरिसकेका छौं ।’
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2MIqAtN
No comments:
Post a Comment