बालिका बलात्कार गरेको आरोपमा, १० वर्षीय बालक पक्राउ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 21, 2018

बालिका बलात्कार गरेको आरोपमा, १० वर्षीय बालक पक्राउ

सुरेश पन्त/महेन्द्रनगर ।

कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्त लगायतका आधा दर्जन बलात्कार पछि हत्या घटनाहरु सेलाउन नपाउदै फेरी कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक बालक पक्राउ परेका छन् ।
कृष्णपुर नगरपालिका—१ बंकको कालिका माविमा कक्षाकोठामै ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा बालक पक्राउ परेका छन् । स्कुल बिदा भइसकेपछि बिहीबार अपराह्न कक्षाकोठामै १० वर्षीय बालकले ७ वर्षीया बालिकालाई बलात्कार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यलय, कञ्चनपुरीले जनाएको छ ।

पिडित बालीकाकी आमाका अनुसार बिहिबार दिउँसो १ बजेतिर बालीका बिद्यालय बाट घर आएर खाना खाएर कोठामा दुख्यो भन्दै पल्टिन गईन, । बालीकाकी आमाले होमवर्क गर भनीन तर, उनी दुख्यो भन्दै रोईरहेकी थिईन । आमाले कता दुख्यो भनेर सोधे पछि ‘छोरीले तल्लो पेटमा दुखेको भनेर देखाईन, छोरीको दुगा खोलेर हेर्दा योनिबाट रगत बगिरहेको देखे पछि सोधपुछ गर्दा उनले एउटा बालकको नाम लिएर उसको दाइले जबर्जस्ती गरेको बताइन ।’ घटना थाहा पाएपछि प्रहरीलाई खबर गरेको बालिकाकी आमाले बताईन ।

तर, उता बिद्यालय बिहान ७ बजे खुलेर दिउँसो साढे १२ बजे बन्द हुने गरेको र विद्यालयभित्र घटना नभएको प्रधानाध्यापक दीपेन्द्र चौधरीले बताए । ‘विद्यालय बिहान ७ बजे लाग्छ, दिउँसो १२ः३० मा बन्द हुन्छ,’ प्रधानाध्यापक चौधरीले भने, ‘घटना विद्यालयमा घटेको भए त थाहा हुनुपर्ने हो  ।’
बालिकाले दिएको बयानअनुसार बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दियो ।
कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक (डीएसपी) कृष्णराज ओझाले बालिकाको स्वास्थ्य परीक्षण रिपोर्ट पछि मात्रै बलात्कार हो÷होइन खुल्ने उनले बताए । उनका अनुसार बालिकाको गुप्तांगमा रगत देखिएको छ ।

प्रहरीले पक्राउ परेका बालकको नाम गोप्य राखेको छ । बालिका कक्षा २ र बालक कक्षा ६ मा एउटै विद्यालयमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । कानुनतः बालकलाई हिरासतमा राखेर अनुसन्धान गर्न नमिल्ने भएकाले । बाल सुधार गृहमा राख्नुपर्ने अथवा परिवारको जिम्मा लगाएर अनुसन्धान गर्नुपर्ने कानुनी व्यवस्था रहेको बताए । तर, कञ्चनपुरमा बालसुधारगृह नभएकाले पक्राउ परेका बालकलाई परिवारकै जिम्मा लगाएर प्रहरीले अनुसन्धान गर्नुपर्ने बताए ।



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2MPSQLi

No comments:

Post a Comment

Post Bottom Ad

Pages