राजधानी संवाददाता/गोरखा।
बिहान खायो बेलुका अब के खाने चिन्ता सुरु हुन्छ । हो त्यही परिवार जहाँ छिन् एक नाजुक र दर्दनाक अवस्थामा अपांग बालिका अस्मिता नेपाली । उमेरले भर्खरै १२ वर्ष लाग्दै गरेकी अस्मिता जन्मजातै अपांग हुन् । उनी न त बोल्न हिडडुल गर्न नै सक्छिन् । न त कुनै प्रतिक्रिया जनाउन नै सक्छिन्, लाऊँलाऊँ र खाऊँखाऊँ लाग्ने कलिली उमेरकी यी चेली जिउँदो लाससरि ढलिरहेकी छन् चिसो भुइँमा ।
भोक लाग्दा मुखबाट जिब्रो निकालेर खाना खोजेको जस्तो संकेत गर्ने अस्मिता बल्लतल्ल थोरै खान निल्न त सक्छिन् तर दिसापिसाब ओछ्यानमै कति बेला गर्छिन् थाहा नै हुन्न । दिउँसो बुवाआमा ज्याला मजदुरीमा हिड्छन् ।
जिल्लाको पालुङटार नगरपालिका–२ खोप्लाङकी अस्मिता नेपाली पारिवारको पहिलो बच्चाको रूपमा जन्मेकी १२ बर्ष भयो । शारीरिक अपांगताको कारण उनले ओछ्यानबाहेक अरू कुनै संसार देखेकी पनि छैनन् ।
अस्मितालाई कुरेर बस्दा बेलुकी खाने केही हुन्न । बिहान बेलुकाको छाक जुटाउनलाइ दैनिक निवेक मजदुरी गर्नै पर्छ अस्मिता बा–आमालाई । कहिले काहि त दिनभर घरमा कोहि नहुदा खाली पेट भुइमा दिसा पिसाबमा डुबेर बसेकी हुन्छिन अस्मिता । बिगत १२ बर्ष देखि लगातार यस्तै दैनिकी र जेनतेन स्याहारसुसार गर्दै आएको बताउछन् उनका पिता सुराजि नेपाली ।
उनको जीवन कहालीलाग्दो छ । उनको दिशा–पिसाब देखि सबै ओछ्यानमा बाहेक आर्को विकल्प छैन् । पाँच सन्तानको परिवार आमा मदेशी मुलुकी राम्रोसँग नेपाली बुझ्न पनि नसक्ने अवस्था छ । कहीले परिवारले हेर्न भ्याउछन्, भ्याउदैनन् ।
यति मात्र होइन, हजुरबुवा मुत्र थैलीको बिरामी हुन् भने बुवा कुस्ट रोगको बिरामी । यो परिवारले कसरी गर्ला अपाङ्ग बालिकाको हेरचाहा ? कसरी चलेको होला परिवार ? पाच जना सन्तान पनि कोही लुला–लंगडा त कोही बहिरा पनि छन् । सबै सन्तान एक न एक रोगले ग्रस्त छन् ।
यो परिवारको आए श्रोतको रूपमा हजुरबुवाको बृद्ध भत्ता बाहेक अरु केही छैन । अभाब नै अभाबले जेलिएको यो दर्दनाक कहालीलाग्दो जिवन कथा देख्दा र सुन्दा कसको मन नदुख्ला ?यो परिवारको दर्दनाक अवस्था देखेर सामाजिक अभियान्ता वर्षा ढकाल र दिनेश नेपाली उद्दार गर्न लागि परेका छन् ।
सामाजिक संजालमा अहिले अस्मिता फोटो राखेर केही आर्थिक जोहो गर्न सुरु गरिएको अभियन्ता नेपालीले बताए । उनले भने, ’अहिले पैसा उठ्ने क्रम चलि रहेको छ, उपचार सम्भब भएसम्म आफुहरू यो परिवारको उपचार गरि छोड्ने संकल्प गरेका छौ ।’ वर्षा र दिनेश जस्तै अरु मनकारीले यसै गरी सहयोग गरेको खण्डमा नेपाली परिवारको घाउमा मलम लगाउन सकिने थियो की ! ज्यानमा कपडा बाधेर लगाइदिदा पनि कसो कसो फुकालेर फ्याक्ने र भाग्ने दौडने फोहोरमा खेल्ने जस्ता क्रियाकलाप गर्छिन् उनी । खाना प्लेटमा दिदा भुइमा खन्याएर खाने फोहोरमा बढी खेल्न खोज्ने गोबर घाँस समेत खाने गरेको बताउछिन ।
‘त्यही पनि सुध्रन्छ की भनेर गोरखामा रहेको मनकामना बहिरा स्कुलमा भर्ना गर्यौ तर १२ र १५ दिनमै स्कुलमा राख्न सक्दैनौ भनेर फिर्ता गरिदिनुभयो’सरिताकी आमाले भनिन् ’अहिलेसम्म कसैबाट पनि सहयोग नपाएको र घरको अवस्था अत्यन्तै चिन्ताजनक रहेकाले आफुहरूलाइ कसैले सहयोग नगर्ने र हेला गर्दा सार्है चित्त दुख्ने’ गरेको सरिताको गुनासो छ ।
कसरी जुट्यो अभियान
अस्मिता परिवारको बिषयमा सुरुवाती देखिनै जानकार रहेका र एक दिन सोही परिवारलाइ केहि सहयोग गर्ने मनस्थिति बनाउदै आएका अस्मिताको ठुलोबुवाको छोरा दिनेश नेपालीले उक्त समस्यालाई तस्बिर सहित आफ्नो फेसबुकमा पोस्ट गरि आफू आवाद्द गोरखामा रहेको लियो क्लब गोरखाका साथीहरूलाइ शेयर गरे ।
क्लबमै आवद्ध अर्की साथी बर्षा ढकालले पनि ’अस्मिता सहयोग अभियान’मासाथ दिने बताएपछी नेपाली र ढकालले ’अस्मिता नेपाली सहयोग अभियान’लाइ अगाडी बढाएका हुन ।
दर्दनाक समस्या नै समस्याबाट जीवन चलाउदै आएका अस्मिता परिवारको आर्थिक सहयोग जुटाउनको लागि आबश्यक कागजी प्रक्रिया पूरा गरि अभियान्ता वर्षा र दिनेशले अभियानलाई सकृयताका साथ अघि बढाइरहेकेका छन । अहिले सम्म सामाजिक सन्जाल मार्फत बाट मात्रै पनि करिब ५० हजार रुपैया जम्मा भैसकेको छ ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2psPrZy

No comments:
Post a Comment