मोरङ÷रास– प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले वित्त आयोग गठन नहँुदा समस्या भइरहेको बताका छन् । विराटनगरमा बिहीबार नेपाल पत्रकार महासंघ प्रदेश–१ ले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री आङ्बोले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिन ढिलाइ गरिरहेको बताए । संविधानमा उल्लेखित अधिकार संघीयताको मर्मअनुसार हस्तान्तरण नहुँदा समस्या भइरहेको उनले प्रस्ट्याए । ‘राजस्व र प्राकृतिक स्रोत बाँडफाँट कसरी गर्ने भन्ने टुंगो वित्त आयोगले लगाउँछ,’ आङ्बोले भने, ‘तर, संघीय सरकारले आफ्नो सर्वोच्वता खोसिने भयले वित्त आयोग बनाउने सुरसार नै गरेको छैन ।’ वित्त आयोग संवैधानिक निकाय भएकाले उसले तीनै तहको सरकारले उठाउने राजस्व र प्राकृतिक स्रोत साधनको बाँडफाँटका विषयमा टुंगो लगाउने उनले बताए ।
संवैधानिक दायराभित्र रहेर काम गरेमा संघीयता कार्यान्वयनमा समस्या नआउने भन्दै राष्ट्रिय गौरवका आयोजना संघीय सरकार र त्यसबाहेकका आयोजना तत्तत् सरकारले गर्नुपर्नेमा जोड दिँदै उनले भने , ‘तर, यहाँ डुप्लिकेसी हुने काम भइरहेको छ ।’ उनले संविधानले स्थानीयतहलाई अधिकार दिए पनि केन्द्र सरकार अधिकार दिन अग्रसर नभएको बताए । स्थानीय सरकारले जनताको सेवा प्रवाह गर्ने, प्रदेशले जनताको चाहनाअनुसार विकास निर्माण गर्ने र केन्द्र सरकारले ठूला राष्ट्रिय गौरवका आयोजना अगाडि बढाउनुपर्नेमा तीनै तहको सरकारले डोजर हान्ने काम भइरहेको छ, मन्त्री आङ्बोले भने, ‘यो रोकिनुपर्छ ।’
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2OHhRKi

No comments:
Post a Comment