नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध : उपराष्ट्रपति पुन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 21, 2018

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध : उपराष्ट्रपति पुन

काठमाडौं/रासस– उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन् । चीनको छेन्दुमा आयोजित १७औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा नवौं पश्चिम चीन अन्तर्राष्ट्रिय सहकार्य मञ्चलाई बिहीबार सम्बोधन गर्दै उनले नेपाल आफ्नो भूमिलाई चीनविरुद्ध कुनै पनि क्रियाकलाप हुन नदिन प्रतिबद्ध रहेको बताए । चीनले अवलम्बन गरिरहेको मित्रता, आपसी लाभ तथा समावेशिताका सिद्धान्तद्वारा निर्देशित छिमेक कूटनीतिको प्रसंशा गर्दै उपराष्ट्रपति पुनले विगत केही वर्षयता नेपाल र चीनबीचको सम्बन्ध अझ गहिरो तथा फराकिलो बनाउन नयाँ सहयोगका क्षेत्र पहिचान गरिरहेकाले त्यसमा महत्वपूर्ण उपलब्धि हासिल भइरहेको उल्लेख गरे ।

केही वर्षयता दुई देशबीच पारवहन यातायात सम्झौता, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बन्धी समझदारी र रेल परियोजनामा सहयोगसम्बन्धी भएका समझदारी महŒवपूर्ण रहेको उनले बताए । उपराष्ट्रपति पुनले विगत चार दशकमा खुलापन र सुधारको माध्यमबाट चीनले हासिल गरेको आर्थिक वृद्धि र चिनियाँ जनताको जीवनस्तरमा आएको गुणात्मक सुधारको प्रशंसा गरे । चिनियाँ राष्ट्रपतिले बीआरआईमार्फत सम्बद्ध राष्ट्रबीच सहयोग अभिवृद्धि गरी मानवताका लागि साझा भविष्य भएको समुदाय निर्माणका लागि अगाडि सारेको विचारको स्वागत गर्दै उनले त्यसमा नेपाल सामेल हुन पाएकोमा खुसी व्यक्त गरे ।
बीआरआईसम्बन्धी द्विपक्षीय समझदारीको कार्यान्वयनमा तीव्रता दिन हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जालको बृहत्तर संरचनाभित्र सहयोग अगाडि बढाउने विषयमा दुवै देश प्रतिबद्ध रहेको उपराष्ट्रपति पुनको भनाइ थियो । काठमाडौं र छेन्दु सहरबीच स्थापना भएको भगिनी सम्बन्धले नेपाल र सिचुवान प्रान्तबीचको सम्बन्धमा नयाँ आयाम थपेको उनले बताए । नेपालमा गत वर्ष सम्पन्न सङ्घीय संरचनाअनुरूपको ऐतिहासिक निर्वाचनपछि मुलुकमा शान्ति, स्थिरता र समृद्धिको ढोका खुलेको बताउँदै उपराष्ट्रपति पुनले नेपालको आगामी प्राथमिकता आर्थिक समृद्धि हासिल गर्नु र सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को बृहत् लक्ष्य हासिल गर्नु रहेको बताए ।
उनले सडक सञ्जाल, रेल्वे, ऊर्जा उत्पादन एवं यसको वितरणजस्ता आधारभूत पूर्वाधारको निर्माण एवं सीमा वारपार रेल्वे, राजमार्ग, सञ्चार, प्रसारण लाइनलगायतका क्षेत्रमा विकास गर्ने लक्ष्य रहेको बताउँदै व्यापार घाटालाई सन्तुलनमा ल्याउने उद्देश्यसमेत रहेको उल्लेख गरे । उनले सम्मेलनमा सहभागी हुन विभिन्न देशबाट आएका लगानीकर्तालाई नेपालमा उपलब्ध लगानीका प्रचुर सम्भावनाबाट फाइदा लिन र लगानी गर्न आग्रह गरे ।

‘नेपालको प्रचलित ऐन, कानुन र नीति लगानीमैत्री छन् । विदेशी लगानीको सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको छ,’ उनले भने, ‘आर्जित मुनाफालाई शतप्रतिशत स्वदेश लैजान पाउने सुविधाको कानुनी व्यवस्था गरिएको छ । नेपालमा लगानी गरेर तपाईहरूलाई लाभ नै हुनेमा विश्वास दिलाउन चाहन्छु ।’ सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा घोषणा गरेको सन्दर्भमा नेपाल भ्रमणका लागि चिनियाँ नागरिकमाझ प्रचारप्रसार गरिदिन चिनियाँ पर्यटन व्यवसायीलाई उपराष्ट्रपति पुनले आग्रह गरे । मेलामा सहभागी नेपाली उद्यमी, लगानीकर्ता तथा व्यवसायीको चिनियाँ एवं विदेशी समकक्षीसँगको संवाद, अन्तक्र्रिया र सम्झौताबाट दीर्घकालीन सहकार्य र साझेदारी बनाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।
सन् २००० देखि आयोजना भइरहेको यस मेलाले चीन तथा सहभागी मुलुकलाई व्यापार, लगानी, प्रविधि र पर्यटनका क्षेत्रमा जोडिरहेको छ । मेलाले व्यापारी, उद्यमी तथा लगानीकर्ताबीच विचार आदनप्रदान, सम्बन्ध स्थापना, अन्तक्र्रिया एवं व्यापारिक सहकार्यको अभिवृद्धि गर्ने अवसर प्रदान गर्दै आएको छ ।



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2MPT4lC

No comments:

Post a Comment

Post Bottom Ad

Pages