राजधानी संवाददाता/बझाङ।
बझाङको मष्टा गाँउपालिको खिकालामा एक शिक्षिका नै चरेस तस्करीमा संग्लनता भएको खुलासा भएको छ । बरामद गरेको चरेस र पक्राउ परेका युवासँग प्रहरीले सोधपुछ गर्दा शिक्षिका हस्ता पुरी संलग्न रहेको खुलेको हो ।
शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिँदा मष्टा गाँउपालिका–२ मा रहेको गौरीशंकर प्राविमा राहत कोटामा कार्यरत जयपृथ्वी नगरपालिका–१० चैनपुर घर भएकी शिक्षिका हस्ता पुरीले नै चरेस खरिद गरेर ढुवानी गराएको बुझिएको छ ।
‘विगत १० वर्षदेखि गौरीशंकर प्राविमा कार्यरत शिक्षिका हस्ता पुरीले यसअघि पनि यस्तो धन्दा गर्दै आएकी रहिछन्’ प्रहरी नायब उपरीक्षक प्रविण धितालले भने । प्रहरीका अनुसार उनले स्थानीयबाट खरिद गरेर १८ किलो चरेस जम्मा गरेकी रहिछन् । ‘यस वर्ष मष्टा गाउँपालिका आसपासमा चरेस बनाउन थालेको सूचना पाएका थियांै’ उपरीक्षक धितालले भने ।
उनीहरूको साथबाट दुईवटा स्क्रन टच सामसुङ मोबाइल, एउटा माइक्रोम्याक्स मोबाइल र नगद १७ हजार ५ सय प्राप्त भएको उपरीक्षक धितालले जानकारी दिए ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2psZ6PS

No comments:
Post a Comment