‘प्रजातन्त्रको लागि अपरहण’ वृत्तचित्र प्रदर्शन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 22, 2018

‘प्रजातन्त्रको लागि अपरहण’ वृत्तचित्र प्रदर्शन

सिरहाको लहानमा कांग्रेस सम्बद्ध नेपाल ट्रेड युनियन कांग्रेस सिरहाको सहयोगका लागि शनिबार बिहान ‘प्रजातन्त्रको लागि अपरहण’ वृत्तचित्र प्रदर्शन गरिएको छ ।

वृत्तचित्र कांग्रेसले निङ्कुश पञ्चायती व्यवस्था विरुद्ध २०२८ देखि २०३३ सालसम्म गरेको सशस्त्र संघर्षको दौरान २८ जेठ २०३० मा विराटनगरबाट नेपाल राष्ट्र बैंकको ३० लाख भारतीय रुपैयाँ बोकेर उड्न लागेको विमान अपहरणको घटनासँग सम्बन्धित छ । विमान अपहरणमा प्रत्यक्ष संलग्न बसन्त भट्टराईको समेत उपस्थिति रहेको वृत्तचित्र प्रदर्शन अघि भट्टराई र लेखक तथा निर्देशक समेत रहेका पत्रकार जगत नेपाललाई ट्रेड युनियनका पदाधिकारीहरुले फूलमाला तथा खादा ओढाएर सम्मान गरेका थिए ।

४८ मिनेटको वृत्तचित्र निरङ्कुश पञ्चायती व्यवस्था विरुद्ध कांग्रेसले गठन गरेको मुक्ति सेनाको व्यवस्थापनसहित सशस्त्र संघर्षका लागि रकम अभाव भएपछि विमान अपरहण गरिएको घटनाको मुख्य योजनाकार तथा अपहरणमा संलग्न दुर्गा सुवेदी, नरेन्द्र ढुङ्गेल, बसन्त भट्टराईसँगको कुराकानीकै वरिपरि घुमेको छ ।

त्यस्तै, तत्कालिन प्रधानमन्त्री कीर्तिनिधि विष्ट, कांग्रेसको सशस्त्र संघर्षका कमाण्डर गिरिजा प्रसाद कोइराला, कांग्रेस नेता चक्र बास्तोला, तत्कालीन राष्ट्र बैंकका विराटनगर शाखाका कर्मचारी मदन अर्याल, अपहरण गरिएका विमानमा क्याप्टेन, विमानमा रहेका यात्रुहरुको कुराकानी समेत वृत्तचित्रमा समावेश गरिएको छ ।

The post ‘प्रजातन्त्रको लागि अपरहण’ वृत्तचित्र प्रदर्शन appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2O33ov9

No comments:

Post a Comment

Post Bottom Ad

Pages