नेपाली राजदुतावास युएईले मनायो संविधान दिवस, जनजाति महासंघको सहभागिता - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 22, 2018

नेपाली राजदुतावास युएईले मनायो संविधान दिवस, जनजाति महासंघको सहभागिता

नेपाली राजदुतावास युएईद्वारा नेपालको वर्तमान संविधान जारी भएको तेस्रो वर्षको अवसरमा आयोजित राष्ट्रिय दिवस अबुधावीको इन्टर कन्टिनेन्टल होटलमा २० सेप्टेम्बर मा सम्पन्न भएको छ ।

कार्यक्रममा युएईको परराष्ट्र तथा अन्तर्राष्ट्रिय सम्बन्ध मामिला मन्त्रालयका सचिव अहमद सरी अल मजोराईको प्रमुख आतिथ्यता तथा परराष्ट्र मन्त्रालय पर्यटन विभागका महानिर्देशक साहिद अब्दुल्लाह अल कामजीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा ९२ देशका कुटनीतिक नियोग प्रमुख तथा प्रतीनिधीहरुको सहभागिता थियो ।

नेपाली राजदुतावास युएईको द्वितिय सचिव विष्णु कुमारी अधिकारीले सञ्चालन गरेको सो कार्यक्रममा आमन्त्रित पाहुनाहरुलाई स्वागत गर्दै कार्यबहाक राजदुत सागर फुँयालले नेपालको संविधान, नेपाल र युएई बीचको सम्बन्ध र नेपालको पर्यटनको विषयमा जानकारी गराएका थिए ।

उनले युएई र नेपाल विच हार्दिक सम्बन्ध भएको भन्दै विगतमा भएको नेपाली प्रधानमन्त्रीको युएई भ्रमण र युएईको व्यवासायिक प्रतिनिधिहरुको नेपाल भ्रमणले दुइपक्षिय सम्बन्ध र विभिन्न क्षेत्रको विकास प्रवद्र्धनमा सहयोग पुगेको बताएका थिए । उनले दुइ देश बीचको आर्थिक र व्यापारिक सम्बन्धमा जोड दिएका थिए ।

जनजाति महासंघको सहभागिता
संविधानमा जनजातीहरुको अधिकार नसमेटिएको भन्दै आन्दोलनमा रहेर संविधानलाई कालो दिवसको रुपमा मनाउदै आएको आदिवासी जनजाति महासंघको युएईमा रहेको च्याप्टरले भने संविधान दिवसमा सहभागिता जनाएका थिए ।

नेपाल आदिवासी जनजाति महासंघ युएईमा आबद्ध विभिन्न जातीय संस्थाहरुले दुतावासद्वारा आयोजित संविधान दिवस कार्यक्रममा विभिन्न जातिय झाँकीहरु प्रस्तुत गरेका थिए । मगर समाज युएईको पञ्चे बाजा, शेर्पा समाज युएईको स्याबु्र, नेवा पुचः युएईको पुलु किशी र लाखे नाच, सुनुवार सेवा समाज युएईको चण्डी नाच, तामाङ समाज युएईको सेलो लगायत विभिन्न परम्परागत झाँकीहरु प्रस्तुत गरिएको थियो । भने सुदुरपश्चिम सेवा समाज युएईले देउडा नाच प्रस्तुत गरेको थियो ।

कार्यक्रममा प्रस्तुत मौलिक झाँकीहरुको हेरेर विभिन्न देशका प्रतिनिधिहरुले नेपाली कला संस्कृति र परम्पराको प्रशंसा गरेका थिए । कार्यक्रममा नेपाली पर्यटन पर्वद्धन गर्ने उदेश्यका साथ डिजिटल व्यानरमा नेपालका पर्यटकीय गन्तव्यहरुको प्रर्दशन पनि गरिएको थियो ।

नेपाल र युएईको राष्ट्रिय धुनबाट उद्घाटन गरिएको कार्यक्रममा नेपाली राजदुतावास युएईका विभिन्न जिम्मेबारीमा रहेका कर्मचारीहरु, युएईमा क्रियाशिल विभिन्न नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरु, नेपाली व्यवसायीहरु , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

The post नेपाली राजदुतावास युएईले मनायो संविधान दिवस, जनजाति महासंघको सहभागिता appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2PWoXut

No comments:

Post a Comment

Post Bottom Ad

Pages