राजधानी समाचारदाता /काठमाडौँ।
नेपाल राष्ट्र बैंकको थापाथली परिसरमा सुविधा सम्पन्न अत्याधुनिक भवन निर्माण हुने भएको छ । २०७२ वैशाखको सुरुमै आएको विनासकारी भूकम्पले क्ष्ति भएको परानो भवनलाई भत्काएर पुरानै शैलीमा अत्याधुनिक भवन निर्माण गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । ६ तले भवन बन्नेछ । ३० महिनाभित्र निर्माण सम्पन्न हुने सो भवनको लागत २ अर्ब ५५ करोड रुपैयाँ लाग्ने राष्ट्र बैंकले जनाएको छ । शुक्रबार राष्ट्र बैंकको थापाथली परिसरमा एक कार्यक्रम गरी सो अत्याधुनिक भवनको शिलान्यास राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गरे । भवन शिलन्यासपछि गभर्नर नेपालले पुरानै संरचनामा अत्याधुनिक भवन बनाउन लागेको बताए । सो भवन निर्माण गर्दा ठुलो बाधा अड्चन आईपरे पनि राम्रो काम गर्न आफँु पछि नहट्ने अडानका कारण अत्याधुनिक भवन निर्माण सफल भएको उनको भनाई थियो ।
राष्ट्र बैंकको सो भवन ४२ रोपनी तीन आना दुई पैसा जग्गामा निर्माण हुँदैछ । निर्माण हुन लागेको सो भवनका मुख्य ३ वटा ब्लक हरु रहनेछन् । ती ब्लकहरुमा मुख्य बैंकिङ कार्यालय भवन,क्यान्टिन र हेल्थ क्लब तथा सेक्युरिटी ब्लक रहनेछन् । राष्ट्र बैकको सो भवनको बाहिरीस्वरुप पुरानै शैलीमा निर्माण भएपनि भित्री तथा पछाडिको भाग अत्याधुनिक सुविधा सम्पन्न तथा भूकम्प प्रतिरोधात्मक हुनेछ ।
त्यसैगरी,राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकको गुरुयोजना अनुसार मुख्य तीन ब्लकहरु निर्माण गरिने बताए । राष्ट्र बैंकले भवन निर्माणका लागि २०७५,१४ वैशाखमा बोलपत्र आह्वान गरिएको थियो । राष्ट्र बैंकका अनुसार बिलिल कन्टेक जेभीले राष्ट्र बैंकको सो अत्याधुनिक भवनको निर्माण गर्नेछ ।
from Rajdhani Daily https://ift.tt/2xvW15K
No comments:
Post a Comment