एक सय १५ वर्षीया गुरुङको निधन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 28, 2018

एक सय १५ वर्षीया गुरुङको निधन

लेखनाथ– पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । सम्भवतः नेपालकै ज्येष्ठ नागरिकका रुपमा रहेकी गुरुङको आफ्नै निवासमा निधन भएको हो । नेपाली नागरिकताअनुसार विसं १९६० भदौ ७ गते जन्म मिति रहेको गुरुङलाई छोरा र नातिको मृत्यु भइसकेकाले ३६ वर्षीय पनाती राजु गुरुङले पालनपोषण गर्दै आएका थिए । स्वर्गीय गुरुङको शुक्रबार नै गुरुङ परम्पराअनुसार अन्तेष्ठी गरिने पारिवारिक स्रोतले बताएको छ ।   

from रातोपाटी https://ift.tt/2xWeWpV

No comments:

Post a Comment

Post Bottom Ad

Pages