भारतीय मोटरसाइकलमा आएका दुई भारतीयले बिहीबार दिउँसै गोली हानी हत्या गरिएका सुनसरी हरिनगरा गाउँपालिका २ भुटाहाका ५५ वर्षीय खुर्सिद आलम अन्सारीको शव परिवारले अझै बुझेका छैनन् ।
सुरक्षाकर्मीको गैरजिम्मेवारीपनले गर्दा यस्तो घटना भएको भन्दै आन्दोलित भएका स्थानीयहरुले गृहमन्त्री नआएसम्म शव घटना स्थलबाट उठाउन नदिने र परिवारले पनि जिम्मा नलिने अडान लिएका छन् ।
स्थानीयले घटना भएकै ठाउँमा त्रिपाल लगाएर रातभर शव कुरेर बसेका छन् । साँझ अवेर सम्म प्रहरी प्रशासनले शव उठाउन आग्रह गरेपनि स्थानीयले गृहमन्त्री नआएसम्म नउठाउने अडान लिइरहेका छन् ।
हत्यारालाई ७ किलोमिटरसम्म स्थानीयले लखेट्दै लगेपनि प्रहरीको कमजाेरीका कारण भाग्न सफल भएको आक्रोश स्थानीयको रहेको छ । बिहीबार बिहान ११ बजे भएको घटनामा प्रहरी ४५ मिनेटपछि मात्र घटनास्थल पुगेको थियो ।
स्थानीयले घटना पश्चात दिनभर भुटाहा बजार बन्द गराएका थिए । आज पनि भुटाहा बजार बन्द गराउने र गृहमन्त्री नआएसम्म खुर्सिदको शव उठाउन नदिने हरिनगरा गाउँपालिका उपाध्यक्ष रिमझिमकुमारी भगतले बताइन् ।
स्थानीयले इप्रका हरिनगरा, भुटाहामा रहेको शसस्त्र प्रहरीको बेश क्याम्प र घुस्कीमा रहेको बिओपी सुरक्षाकालागि भन्दा पनि कमाउ धन्दाकालागि स्थापना गरिएको आरोप लगाएका छन् ।
घटनाको निस्पक्ष छानबिन हुनुपर्ने, दोषी सुरक्षाकर्मीलाई कारवाही गरिनुपर्ने, हत्या भएका खुर्सिदलाई उचित सम्मानसहित क्षतिपूर्ती दिनुपर्ने जस्ता स्थानीयको माग रहेको छ ।
परिवारलाई उचित सम्मान र क्षतिपूर्ति दिन माग
साबिक एमालेका सुनसरी सल्लाहकार खुर्सीद अन्सारीको हत्याको घटनालाई लिएर तत्कालिन नेकपा माओवादी केन्द्रका सुनसरी संयोजक योगेन्द्रप्रसाद मण्डल (पप्पु) र तत्कालिन एमालेका संयोजक रमेश बस्नेतले संयुक्त्त बिज्ञप्ती जारी गर्दै व्यस्त बजारमा खुर्सिदको गोली हानेर हत्या गर्नु र ४५ मिनेटपछि मात्र प्रहरी घटना स्थलमा पुग्नु शंकास्पद रहेकाे उनीहरूकाे अाराेप छ । उनीहरुले शान्ति सुरक्षा सुदृढ बनाउन माग गर्दै मृतकको परिवारलाई उचित सम्मान सहित क्षतिपूर्ती दिन माग गरेका छन् ।
The post गृहमन्त्री घटनास्थल नपुगेसम्म शव नउठाउने स्थानीयको अडान appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2xEUuK9


No comments:
Post a Comment