दशैं तिहारको अवसरमा सुपथ मुल्य पसल संचालन हुने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, September 18, 2018

दशैं तिहारको अवसरमा सुपथ मुल्य पसल संचालन हुने

कौशिला कुँवर /काठमाडौं  ।

नजिकिएको दशैं, तिहार तथा छठ पर्वलाई लक्ष्क्षितगरी सुपथ मुल्य पसल सञ्चालन गरिनेभ भएको छ । विगतमा विभिन्न सरकराी निकायले यस्तो पसल सञ्चालन गर्ने गरेकोमा यसपटक ती संस्थाका अलावा विभिन्न सहकारी संस्थाहरुलाई समेत यो जिम्मेवार दिन लागिएको हो ।
सरकारसँग जनशक्ति अभाव भएकाले सहकारी संस्थाहरुलाई पहिलो पटक सुपथ मुल्य पसल संचालन गर्न दिन लागिएको हो । दशैं, तिहार र छट पर्व जस्ता चाडवाडलाई लक्षित गर्दै सहकारी संस्थाले सुपथ मुल्य पसल संचालन गर्ने बताएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले चाडवाडलाई लक्ष्क्षितगरी सुपथ मुल्य पसल सञ्चालनगर्न लागिएको बताए । उनले भने,‘जनशक्ति अभाव भएकाले सहकारी संस्थाहरुलाई सुपथ मुल्य पसल संचालन गर्ने जिम्मा दिन लागिएको हो ।’ सुपथ मुल्य कति स्थानमा संचालन गर्ने तथा कति वटा सहकारी संस्थालाई सुपथ मुल्य पसल संचालन गर्ने जिम्मा दिने भन्ने टुंगो लागेको छैन । आगामी हप्ता यस विषयमा टुंगो लाग्ने प्रवक्ता ढकालले बताए । यसअघि सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल खाद्य संस्थान र दुग्ध विकास संस्थानमार्फत संयुक्त रूपमा सुुपथ मूल्य पसल सञ्चालन गर्दै आएको थियो । यी सबै निकायमा कर्मचारीको अभाव भएका कारण सुपथ मुल्य पसल संचालन गर्न सहकारी संस्थालाई जिम्मा दिन लागिएको हो । सरकारले सहकारी मार्फत सुपथ पसल सञ्चालन गर्ने भएपनि खाद्य संस्थानले निगरानी गर्ने भएको छ । प्रवक्ता ढकाललका अनुसार खाद्य संस्थाले तोकेको मुल्यमा सर्वसाधारणलाई दैनिक उपभोग्यका सामान उपलब्ध गराइनेछ । सहकारीको स्थर हेरेर र लगानीका आधारमा सहकारीलाई सुपथ मुल्य पसल सञ्चालन गर्न दिन मन्त्रालयले जनाएको छ ।

१२ असोजदेखि संचालन हुने सुपथ मुल्य पसल आगामी कात्तिक २७ गतेसम्म संचालनमा रहनेछ । सुपथ मुल्यका पसल ७ वटै प्रदेशमा संचालनमा गरिने मन्त्रालयले जनाएको छ ।
सरकारले हरेक वर्ष चाडवाडको समयमा उपभोक्तालाई सहज र सुलभ मूल्यमा दैनिक उपभोग्यका वस्तु उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । प्रवक्ता अनुसार,साल्ट ट्रेडिङ्ग कर्पाेरेशनले काठमाडौं स्थित कार्यालय अन्तर्गत ९ वटा स्थान र ३ वटा घुम्ती सेवा पसल तथा त्रिशुली विक्री डिपो संचलन गरेको थियो । साथै कर्पाेरेशनको २२ वटा कार्यालयसहित ३६ स्थानहरु सुपथ मुल्य पसल सञ्चालन गर्ने भएको छ ।

साथै संस्थालका सम्बन्धित कार्यालय तथा तोकिएका स्थानहरुबाट सहुलियत दरको चामल फापर, खसी, बोका,च्यांग्रा, नुन र चिनी विक्री वितरण गरिने भएको छ । मन्त्रालयले सुपथ मुल्य पसलमार्फत प्रतिकिलो मोटा चामलमा पाँच रुपैयाँ, बाँसमती चामलमा प्रतिकिलो १० रुपैँया, खसीबोका र च्याँग्रामा प्रतिकिलो १० रुपैँया, नूनमा दुई रुपैयाँ, डीडीसीको घिउमा ५० रुपैँया र पनिरमा १० रुपैयाँ छुट दिने व्यवस्था मिलाएको छ ।
यस्तै दसंै तिहार छठपर्वमा सुपथ मुल्य पसलमा खाद्य संस्थानसंग पाँच किसिमका चामल, गहँ, फापर र जुम्लाको मिसी हुने नेपाल खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिए । उनका अनुसार सुपथ मुल्य पसलमा बास्मती चामल, जिरामसिनो, सानो मन्सुली, मोटा चामल र जापान सरकारले दिनको अनुदान जाप्पनिज चामल लगायतका सामाग्रि रहनेछन् ।

हाल नेपाल खाद्य संस्थान भएको सामानको मुल्य
१. बास्मती चामल प्रतिकेजी ९१ रुपैँया
२. जाप्पनीज चामल प्रतिकेजी ८५ रुपैँया
३. जिरामसिनो चामल प्रतिकेजी ६० रुपैँया
४. मोटा चामल प्रतिकेजी ३९ रुपैँया
५. सानो मन्सुली प्रतिकेजी ४५ रुपौया
गहँ प्रतिकेजी ३३ देखि ५० रुपैँया
सिमी प्रतिकेजी १३० रुपैँया
फापर प्रतिकेजी ८० रुपैँया रहेको छ ।

धेरै जस्तो नेपाल खाद्य संस्थानले विक्री गर्दै आएको चामल राम्रो हुन्न भन्ने मान्यता जनमानसमा हुन्छ तर यस्तो नभएको प्रवक्ता सापकोटा बताउँछन् । खाद्य संस्थालले जहिले पनि नेपालमा उत्पादन भएको पुलीस नगरेको चामल विक्री गर्दै आएको बताए । भन्ने हरुले भन्नको लागि मात्र भनि रहेका हुन्छ खाद्यको चामल राम्रो छैन भनेर तर खाद्य संस्थानको चामल राम्रै हुने बताउँछन् सापकोटा ।



from Rajdhani Daily https://ift.tt/2MCeSRz

No comments:

Post a Comment

Post Bottom Ad

Pages