काठमाडौं÷रास–ग्लोबल आईएमई बैंक र न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटल विराटनगरबीच छुट दिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुई पक्षीय सम्झौता गरेको हो । उक्त सम्भौतापत्रमा न्युरो कार्डियोका सञ्चालन निर्देशक राजेश भट्टराई र ग्लोबल आईएमई विराटनगर शाखा प्रबन्धक शशीशेखर शर्माले हस्ताक्षर गरेका हुन् ।
बैंकले अन्य सुविधा प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी विभिन्न खाले योजना ल्याइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
सम्झौतापश्चात् न्युरो कार्डियोमा उपचार गराउँदा ग्लोबल आईएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक, बंैकका कर्मचारी तथा ग्राहकका परिवारजनले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने विज्ञप्तिमा उल्लेख छ ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १३७ एटीएम, ५ एक्सटेन्सन काउन्टर, १५ राजस्व संकलन काउन्टर, १०२ शाखारहित बैंकिङ सेवा र देशबाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालयमार्फत आफ्ना नौ लाख बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइहेको विज्ञप्तिमा उल्लेख छ । ।
त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ सेवा, मोबाइल बैंकिङ, सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अस्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि सम्पर्क कार्यालय स्थापना गरेर नेपालीलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यसैगरी, बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइन, जोर्डन, अस्टे«लिया, बेलायत र भारतलगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।
from Rajdhani Daily https://ift.tt/2pieT3S
No comments:
Post a Comment