छिटो मेकअप गर्न यसाे गराैँ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 29, 2018

छिटो मेकअप गर्न यसाे गराैँ

कामकाजी महिलाका लागि ऐनाअगाडि बसेर मेकअप गर्ने समय हुँदैन । त्यसैले गर्दा पार्टीहरूमा सहभागी हुन जाँदा छोटो समयमा आफूलाई तयार गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा आफैँ  पनि र छोटो समयमा पनि मेकअप गर्नका लागि आइडिया नहुँदा समस्या हुन सक्छ । त्यस्तो अवस्थामा कसरी मेकअप गर्ने भन्ने जानकारी यहाँ दिइएको छ । यो उपायले तपाईं केही मिनेटमा नै सुन्दर बन्न सक्नुहुन्छ ।

अचानक पार्टीमा जानुपर्ने अवस्था आएमा अवश्य पनि तपार्इंसँग मेकअप गरेर जाने पर्याप्त समय हुँदैन । त्यसैले मिलाएर तर अलि धेरैसँग गाजल लगाउनुहोस् र लिप ग्लास लगाउनुहोस् । यसले तपाईंलाई ग्ल्यामरस लुक्स दिन्छ । यो केही समयमा नै गर्न सकिने मेकअप पनि हो ।

साँझको पार्टीमा जाँदा मोइस्चराइजर लगाएर स्किन टोनसँग मिलाएर फाउन्डेसन लगाउनुहोस् । त्यसपछि फेस पाउडर लगाएर सेतो आइस्याडो लगाउनाले फ्रेस लुक्स देखिन्छ । त्यसपछि गाजल, आइलाइनर र मस्कारा लगाउँदा मेकअप पूरा देखिन्छ ।

यदि तपाईं गोरो हुनुहुन्छ भने रातो लिपस्टिक लगाउनुभयो भने तपार्इंको सुन्दरतामा थप निखार आउँछ ।

तपाईंको आँखा सानो छ भने ठूलो देखाउनका लागि वाइट आई पेन्सिलको प्रयोग गर्नुहोस् ।यदि तपाईंको ओठ सेपलेस भए सधैँ लिपलाइनरले आउटलाइन कोरेर पर्फेक्ट सेप दिएपछि मात्रै लिपस्टिक लगाउनुहोस् ।

अनिँदो भएर आँखामा डार्क सर्कल भएमा डार्क सेडको आइस्याडोले कम देखाउन सकिन्छ । कुनै पनि रङको डार्क आइस्याडो प्रयोग गर्न सकिन्छ ।

इन्स्टेन्ट ग्लोका लागि स्किन वाइटलाइजरलाई मोइस्चराइजसँग मिसाएर अनुहारमा लगाउनुहोस् ।

आइब्रो सेपलेस भएमा अथवा पातलो भएमा आइब्रो पेन्सिलको प्रयोग गरेर पर्फेक्ट लुक्स दिन सकिन्छ ।

आँखालाई आकर्षक लुक दिनका लागि डार्क ब्लु आई पेन्सिल प्रयोग गर्न सकिन्छ ।

सुक्खा ओठमा लिपस्टिक लगाउनुअघि लिप बाम लगाउनुहोस् र सोस्न दिनुहोस् । त्यसपछि लिपस्टिक लगाउनुहोस् र त्यसलाई फाइनल टच दिनका लागि हल्का ग्लिटर लगाउनुहोस् ।

आफ्नो सुन्दरतालाई निखार्न अनुहारको कुनै एक मेकअपलाई हाइलाइट गर्नुहोस् । जस्तो ओठमा डार्क कलरको लिपस्टिक लगाउनुहोस् नत्र भए आँखामा डार्क रङको आइस्याडो लगाउन सकिन्छ ।

The post छिटो मेकअप गर्न यसाे गराैँ appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2y2qIyW

No comments:

Post a Comment

Post Bottom Ad

Pages