पितृको सम्झनामा सोह्रश्राद्ध - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 29, 2018

पितृको सम्झनामा सोह्रश्राद्ध

राजधानी समाचारदाता/काठमाडौं ।

पितृको सम्झनामा जल र अन्न दिएर गरिने सोह्रश्राद्ध सुरु भइसकेको छ । पितृको सम्झनामा गरिने स्रोह श्राद्ध हरेक वर्ष असोज कृष्ण प्रतिपदादेखि औंसीसम्म जारी रहन्छ । एकोदृष्टि श्राद्ध, आभ्युदयिक श्राद्ध, तीर्थ श्राद्ध, पुष्टि श्राद्ध, यात्रा श्राद्ध, काम्य श्राद्धहरूसँगै सोह्रश्राद्ध या पार्वण श्राद्ध नेपाली समाजमा प्रचलित छन् ।
पितृपक्षमा मांसाहारी पनि शुद्ध शाकाहारी भोजनमा रहेर आप्mना पितृलाई फलफूल, दूध, नैवेद्यले पूजा गर्दछन् । ज्वाइँ, भानिज, नातिनातिना र ब्राह्मण वर्गलाई भोजन गराई दक्षिणा दिने चलन पनि छ ।
चन्द्रमानअनुसार आश्विन कृष्ण पक्षलाई पितृ वा सामान्य बोलीचालीको भाषामा सोह्रश्राद्ध भनिन्छ । एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्ल पूर्णिमादेखि आश्विन औंसी (जमरे औंसी)सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समय गरिने श्राद्धलाई सोह्रश्राद्ध भनिएको हो ।

हिन्दू धर्मअनुसार चाडपर्व, यज्ञजस्ता ठूला कर्म गर्नुपूर्व पितृ पूजा गर्ने परम्पराअनुरूप यो अवधिमा हरेकले पितृलाई दसैंतिहारको नाममा भाग दिने चलन छ । अघिपछिको श्राद्धमा एउटा मात्र जौ अथवा खिरको पिण्ड दिने गरिन्छ भने स्रोहश्राद्धमा पितृ सबैका लागि छुट्टाछुट्टै पिण्ड दिने गरिन्छ । यसरी बनाइएको पिण्ड चिल्लो र गोलो पार्दा सन्तति राम्रा र सुखी हुने जनविश्वास छ ।
सोह्र सरातका नामले पनि परिचत श्राद्धमा बुबा, हजुरबुबा र जिजुबुबा तथा मामाघरको हजुर बुबा, जिजुबुबा र बूढा जिजुबुबाको नाम उच्चारण गर्दै श्राद्ध गर्ने गरिन्छ । श्राद्ध गर्दा सव्यमा विश्वदेव ब्राह्मण र अपसव्यामा पितृ ब्राह्मण पूजा गरिने चलन छ । यो १५ दिनको समय प्रायः सबैको घरघरमा श्राद्ध पर्छ । यो अवधिमा पार्वण श्राद्ध गर्ने गरिन्छ । पार्वण श्राद्ध आप्mनै घरमा बसेर वा आप्mनो नभए पवित्र तीर्थस्थल, गंगाको तिरमा पनि गर्ने चलन छ । तर, घरमै भए पनि श्राद्ध गर्दा भूमिमै गर्नुपर्ने धार्मिक नियम छ ।

महŒवपूर्ण तिथि

आश्विन कृष्णपक्ष पञ्चमी तिथिमा श्राद्ध गर्नु महŒवपूर्ण मानिन्छ, जसको मृत्यु अविवाहित स्थितिमा भएको छ । यसलाई ‘कुमार पञ्चमी’ पनि भनिन्छ । आश्विन कृष्णपक्ष नवमीका तिथिमा गरिने श्राद्धका लागि उत्तम मानिन्छ । त्यसैले यसलाई ‘मातृ नवमी’ भनिन्छ । यस तिथिमा श्राद्ध गर्नाले कुलका सबै दिवंगत महिलाको श्राद्ध सम्पन्न हुने विश्वास गरिन्छ ।
यसैगरी, आश्विन कृष्णपक्ष एकादशी एवं द्वादशी तिथिका दिन परिवारका सन्न्यास लिएका व्यक्तिको श्राद्ध गर्ने विधान छ । आश्विन कृष्णपक्ष चतुर्दशी तिथिका दिन दुर्घटना, हत्या, आत्महत्या, शस्त्रद्वारा मृत्युलगायत अकाल मृत्यु भएकाको श्राद्ध गरिने चलन छ ।
आश्विन कृष्णपक्ष अमावस्या औंसीका दिन कुनै कारण पितृपक्षका सबै तिथिमा पितृको श्राद्ध गर्न बिघ्न परे अथवा कुनै पनि पितृको तिथि सम्झना नभएको अवस्थामा यस तिथिमा श्राद्ध गर्न सकिने संस्कृतिविद् बताउ“छन् ।
आश्विन कृष्णपक्ष प्रतिपदाका दिन मावली बाजेबज्यैको श्राद्धका लागि
उत्तम मानिन्छ । यदि मावलीको परिवारमा श्राद्ध गर्ने व्यक्तिको अभाव छ र तिनको मृत्युतिथि पनि थाहा छैन भने यस तिथिका दिन श्राद्ध गर्नाले तिनको आत्मालाई शान्ति प्राप्त हुने मान्यता छ ।

यसपालिको सोह्रश्राद्ध

यसपालिको सोह्रश्राद्ध गत मंगलबारबाट सुरु भएको हो । पितृको सम्झनामा जल र अन्न दिएर श्राद्ध गरिन्छ । पितृको सम्झनामा गरिने सोह्रश्राद्ध हरेक वर्ष असोज कृष्ण प्रतिपदादेखि औंसीसम्म जारी रहन्छ ।



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2zEuK2O

No comments:

Post a Comment

Post Bottom Ad

Pages