राजधानी समाचारदाता/काठमाडौं ।
सररकाले सामाजिक सुरक्षाका कार्यक्रमहरुलाई नयाँ ढंगले अगाडि बढाउनु पर्ने आवश्यकत औंल्याएको छ । मुलुक स्रघीय संरचनामा गैसकेको विद्यमान अवस्थामा सवै खालका पुर्ववत् ब्यवस्थाहरुलाई नयाँ ढङगले अगाडि बढाउनुपर्ने आवश्यकता अर्थमन्त्री डा. युवराज खतवडाले औंल्याएका हुन् ।
कर्मचारी सञ्चयकोषलेको स्थापनाको ५७ औ वार्षिकोत्सव कार्यक्रममा आइतवार बोल्दै अर्थमन्त्री डा. खतिवडाले कर्मचारी सञ्चयकोष सामाजिक सुरक्षण कोष समेत रहेको कारण सामाजिक सुरक्षाका कार्यक्रमलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए । उनले कोषमा रहेको लगानी योग्य रकमलाई एक वर्षभन्दा वढी अवधिको निक्षेपमा लगानी गरी पूजी बजारको प्रमुख खेलाडीको रुपमा रहनु पर्ने बताए । उनले नेपाल सरकारको नीति अनुसार कर्मचारी आवसको लागि काम गर्न कोषलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै अर्थ मन्त्रालयका राजश्व सचिव तथा कोष सञ्चालक समितिका अध्यक्ष शिशिर कुमार ढुंगानाले कोषलाई सुदृढ सामाजिक सुरक्षण संयन्त्रको रुपमा विकास गर्दै लैजाने नीति रहेको बताए । उनले कोषमा रहेको रकमको दीर्घकालिन ब्यवस्थापन गर्न श्रोत ब्यवस्थापन र लगानी विविधिकरणमा सुधार गर्नुपर्ने बताए । उनले कोषले निर्णय गर्दा जहिले पनि सञ्चयकर्ताहरुको बृहत्तर हितलाई हेरेरमात्र निर्णय गर्नुपर्ने खाँचा समेत औंल्याए ।
सो कार्यक्रममा बोल्दै कोषका प्रशासक तुलसी प्रसाद गौतमले नेपाल सरकारले अघि सारेको एकिकृत सामाजिक सुरक्षाको अवधारणलाई सार्थक तुल्याउन कर्मचारी सञ्चयकोषलाई प्राप्त हुने भुमिका र जिम्बेबारी निर्वाह गर्न कोष प्रतिबद्ध रहेको बताए । उनले कोष सदैब सञ्चयकर्ताको हित र सन्तुष्टिप्रति क्रियाशिल रहिरहने प्रतिबद्धता ब्यक्त गरे । त्यसक्रममा प्रशासक गौतमले कोषलाई समसामयिक र प्रभावकारी वनाउन अपाmू लागिपर्ने प्रतिवद्धता जनाए । उनले भने ‘कोषमा हितमा काम गर्नहमी सदैव प्रयत्वरत हुनेछौं ।’ साकाजिक सुरक्षाको क्षेत्रका कोषले गर्दै आएको कार्यको दायरा अझ ब्यापक वनाएरु अगाडि बढ्ने योजन ाकोषले लिएको उनको भनाई छ ।
कार्यक्रममा कोषमा २५ वर्ष र १५ वर्ष सेवा गर्ने ३ जना कर्मचारीलाई दिर्घसेवा पदकबाट सम्मान गरिएको थियो भने एसइई परिक्षामा उत्कृष्ठ अंक ल्याउने कर्मचारीका सन्ततिलाई पुरस्कृत गरिएको थियो ।
कर्मचारी सञ्चयकोष ऐन २०१९ अनुसार वि.सं.२०१९ को १३ भदौमा स्थापना भएको कर्मचारी सञ्चयकोषमा हाल ६ लाख सञ्चयकर्ताहरुको करिव ३ सय अर्व बरावरको वित्तिय स्रोत रहेको छ । सो रकमबाट कोषले सञ्चयकर्ताको सामाजिक आवश्यकता पूर्ति गर्नको लागि विभिन्न सापटी सुविधाहरु प्रदान गरिरहेको छ भने मुनाफा रकमबाट कोष खडा गरी विभिन्न किसिमका सामाजिक सुरक्षणका सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
यसैगरी कोषले मुलुकको पूर्वाधार विकासको लागि विभिन्न जलविद्युत कम्पनीहरु माथिल्लो तामाकोशी, चिलिमे जलविद्युत कम्पनीद्धारा प्रबर्धित विभिन्न जलविद्युत आयोजनामा ऋण लगानी गरिरहेको छ भने नेपाल बायु सेवा निगमलाई विमान खरिद गर्न ऋण लगानी गरेको छ यस्तै कोषले सञ्चयकर्ताको बहुमत शेयर स्वामित्व रहने गरी ६८८ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजना निर्माणको प्रारम्भिक प्रकृयाको शुरुवात गरेको छ ।
from Rajdhani Daily https://ift.tt/2NhY0EF
No comments:
Post a Comment