आजदेखि दसैं टिकट सहज हुने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 22, 2018

आजदेखि दसैं टिकट सहज हुने

कमला अर्याल /काठमाडौं  ।

दसैंको अग्रिम टिकट बुकिङ आज(शनिबार)देखि सहज हुने भएको छ । प्रालि सम्बद्ध व्यवसायीले हिजोदेखि नै टिकट खोलेका कारण टिकट बुकिङ सहज हुने भएको हो । नयाँ (गोंगबु ) बसपार्कका काउन्टरमा विभिन्न प्रालि र समितिका २४ वटा टिकट काउन्टर छन् । जसमध्ये प्रालि निकटका टिकट काउन्टरहरूले शुक्रबार टिकट सहज रूपमा खोले भने समिति निकटका काउन्टरहरूले टिकट बुकिङ खोलेनन् । समिति निकट व्यवसायीले पनि एक ÷दुई दिनमा टिकट बुकिङ खोल्ने यातायात व्यवस्था विभागले जनाएको छ । टिकट बुकिङ शुक्रबारदेखि नै सुचारु भएको विभागको भनाइ छ ।

विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्याले भने, ‘आजदेखि टिकट बुकिङ सहज हुन्छ ।’ प्रालि निकट व्यवसायीले खोलेपछि समिति निकटका व्यवसायीले पनि खोल्ने विभागले जनाएको छ । विभागमा शुक्रबार बसेको सरकार र व्यवसायीको छलफलमा भने कुनै सहमति हुन सकेन । पुनः बैठक बस्ने गरी बैठक सकिएको थियो । गत ३१ भदौमा बसेको सरकार र यातायात व्यवसायीबीचको बैंठकले ५ असोजदेखि टिकट बुकिङ खोल्ने सहमति गरेको थियो । तर, सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि व्यवसायीहरूले सरकारलाई मूल्य वृद्धि रोक्न दबाब दिइरहेका कारण समिति निकट व्यवसायीले टिकट बुकिङ नखोलेका हुन् ।

सरकारले टिकट सहज हुने बताएपनि व्यवसायी भने मान्न तयार छैनन् । सरकार व्यवसायीबीचको बैठक निष्कर्षविहीन बनेपछि व्यवसायीहरू झनै असन्तुष्ट बनेका छन् । सरकारले पेट्रोलियम पदार्थको मूल्य फिर्ता नलिएसम्म टिकट नखोल्ने उनीहरुको अडान छ । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्य फिर्ता नलिएसम्म टिकट नखोल्ने अडान दोहो¥याए । उनले भने, ‘सरकारसँग कुनै सहमति भएको छैन ।’ सहमति नभएसम्म टिकट नखोल्ने उनको भनाइ थियो । ४८ घण्टाभित्र सरकारले पेट्रोलियम पदार्थको मूल्य फिर्ता नलिए टिकट बुकिङ नखोल्ने भन्दै व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाएका थिए । सो समय शुक्रबार सकिएकाले समति निकट व्यवसायीका टिकट काउन्टर खुलेनन् । यसअघि २४ भदौमा दसैंका लागि टिकट खोल्ने सरकारको तयारी थियो । व्यवसायीले आफ्ना बैंक खाता नखोले टिकट बुकिङ नखोल्ने अडानका कारण टिकट खुल्न सकेको थिएन । सरकारले समितिका नाममा भएका बैंक खाता जो कम्पनी ऐनअनुसार दर्ता भएका छन्, ती खाता खुला गर्ने निर्णय गरेको थियो । जुन निर्णयपछि दुवै पक्षबीच अग्रिम टिकट खोल्ने सहमति भएको थियो । तर, व्यवसायीहरूले पुनः अत्तो थाप्दै पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिनुपर्ने माग अघि सार्दा टिकट अग्रिम बुकिङ अन्योलमा परेको छ । सबै टिकट काउन्टर खुलेपछि सरकारले विभिन्न टिकट काउन्टरमा अनुगमन गर्ने विभागले जनाएको छ ।

चालकसँग आठबुँदे सहमति

काठमाडौं÷रास– सरकारले गत मंगलबारदेखि आन्दलनमा उत्रिएका चालकहरूसँग आठबुँदे सहमति गरेको छ ।  मुलुकी ऐनमा भएको व्यवस्थाको विरोध गर्दै आन्दोलित चालक र सरकारबीच सहमति भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलले आठबुँदे सहमति गरेको हो ।

चालक र सरकारबीचको बैठकले नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले दिएको ज्ञापनपत्रलाई कार्यान्वयनमा लैजान गृह, भौतिक पूर्वाधार तथा यातायात र कानुन, न्याय तथा संसदीय मामिलामा पठाउने सहमति भएको छ । त्यसैगरी, सवारी संकेत र सडकको नियमित मर्मत गरी भौतिक अवस्था दुरुस्त राख्ने तथा राष्ट्रिय राजमार्गमा निश्चित दूरीमा ठूला सवारीसाधनका लागि व्यवस्थित पार्किङको व्यवस्था गर्नुपर्ने सहमति भएको छ । त्यसैगरी, गृह मन्त्रालयले ट्राफिक प्रहरीको व्यवहार परिवर्तनका लागि पहल गर्ने, आन्दोलनका क्रममा गिरफ्तार भएका सवारी चालकलाई शुक्रबारै रिहा गर्नेलगायतका सहमति भएका छन् ।

भौतिक तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारीले बताए चालकहरूसँग विभिन्न सहमति भएको बताए । चालकसँग सहमति भएकाले शुक्रबारदेखि नै सहज रूपमा यातायातका साधनहरू सञ्चालनमा आएको सचिव अधिकारीले राजधानीलाई बताए ।



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2xu58Ek

No comments:

Post a Comment

Post Bottom Ad

Pages