किसान र खुद्रा पसलेहरुको लगानीमा महोत्सवको तयारी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 22, 2018

किसान र खुद्रा पसलेहरुको लगानीमा महोत्सवको तयारी

सरिता दाहाल/राजधानी,चुरे (मकवानपुर)।

उत्तरी मकवानपुरको टिष्टुङमा रहेको ऐतिहासिक सम्पदाहरुको प्रचारप्रसार र स्थानीय पर्यटकिय उत्पादनको बजारीकरणको लागि स्थानीयबासीकै आर्थिक लगानी र जमर्कोमा मेला आयोजना गरिने भएको छ ।यस क्षेत्रमा रहेको ऐतिहासिक लिच्छविकालिन शिला लेखहरु, टिष्टुङ बजारमा रहेको पुराना दरवार तथा अड्डाहरु भग्नावशेष हुँदै आएका छन् । यिनिहरुको संरक्षण तथा अनुसन्धानकर्ताहरुलाई आकर्षण गराउनको लागि यो ठाउँको प्रचार प्रसार आवश्यक ठानिदै आएको थियो । यसै आवश्यकतालाई मध्यनजर गरेर यहाँका स्थानियले आगामी २४–२७ असोजमा महोत्सव आयोजना गर्न लागेको आयोजक समितिले जनाएको छ ।

मकवानपुरको थाहा नगरपालिका बज्रवाराही (टिष्टुङ) मा संचालन हुने महोत्सवका लागि स्थानीयकृषकदेखि साना लागनीका व्यवसायि,शैक्षिक संघसंस्थाहरुले आफ्नो क्षेत्रको महोत्सव सफल पार्न योगदान गर्ने भएका हुन् । टिष्टुङको ऐतिहाँसिक तथा पर्यटकीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक समारोह समिति २०७५ का संयोजक इन्द्र बहादुर श्रेष्ठले जानकारी दिए ।

आफ्नो ठाउँलाई पर्यटकीय गन्तव्य बनाउनको लागि थाहा नगरपालिका वडा नं. १, ५ र ६ टिष्टुङका अगुवाहरु आफूआफूबीच पैसा उठाएर महोत्सवकै आयोजना गर्दैछन् । प्रदेश नम्बर ३ को सरकारले सन् २०१८ का लागि पर्यटकीय गन्तव्यको रुपमा घोषणा भएको कुन्छाल गाउँ समेत रहेको यस क्षेत्रमा पर्छ । यहाँका अगुवाहरुले आफ्नो क्षेत्रको पर्यटकीय उत्पादन पर्यटन बजारसम्म मार्केटिङ गर्ने उद्देश्यले महोत्सवकै आयोजना गर्न लागेका हुन् । प्रारम्भमा महोत्सव संचालनका लागि गठित सचिवालयमा रहेका १५ जनाले जनही २०÷२० हजार जम्मा गर्ने भएका छन् । “ऐतिहासिक टिष्टुङ हाम्रो पहिचान, सम्बृद्ध टिष्टुङ हाम्रो अभियान” भन्ने नारा सहित तय भएको महोत्सव टिष्टुङको सरस्वती बजारमा संचालन हुनेछ । महोत्सवमा आर्थिक सहयोग गर्न चाहनेले सचिवालयमै गएर सहयोग गरिरहेका छन्, तर कसैलाई पनि चन्दा भनेर बाध्यकारी नियम बनाइएको छैन । स्थानीयको स्वतर्फुत सहभागीता रहेको आयोजकले जनाएको छ । “स्थानीयको सहयोग र उत्साहबाट हामी झनै हौसियको छौ” मेला संयोजक श्रेष्ठले भने ।

महोत्सव संचालन गर्नका लागि टिष्टुङ बजार क्षेत्रमा हुने उक्त महोत्सवका लागि सबै स्थानीयहरुले आर्थिक रुपमै सघाउने भएका छन् । सरस्वती बजार व्यवस्थापन समिति र नेपाल संवत् ११३९ को मूल आयोजक समितिको संयुक्त आयोजनामा टिष्टुङ महोत्सव संचालन हुन लागेको हो । महोत्सवमा करिब १६० स्टल रहने छन् । यि मध्ये अधिकांश स्टल बजारकै पसलहरु हुनेछन् । “अरु प्रवद्र्धनात्मक स्टलहरु ६० वटाजति थप्छौं” मूल आयोजक समितिका संयोजक श्रेष्ठले भने । महोत्सवमा राखिने पसल बाहेकका थप हुने स्टलहरु अधिकांश प्रवद्र्ध¬¬नात्मक हुने नेपाल संवत् ११३९ मूल आयोजक समितिका संयोजक तथा महोत्सव मूल आयोजक समिति सचिवालय सदस्य प्रमोद जोशीले बताए । कुल २१ लाख ५० हजार रुपियाँको लागत अनुमान गरिएको महोत्सवमा स्थानीय वित्तिय संस्थाहरु, व्यवशायी, आयोजक समिति लगायत स्थानीयहरु आफै लगानी जुटाउन कस्सिएका छन् ।



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2MPN3oY

No comments:

Post a Comment

Post Bottom Ad

Pages