पहिचान फर्काउँदै कटारी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 22, 2018

पहिचान फर्काउँदै कटारी

पहिचान फर्काउँदै कटारी

 ईश्वर तामाङ

 

सशस्त्र द्वन्द्वपछि सुनसान थियो, कटारी बजार । २० वर्षयता कटारी चकमन्नै थियो । कतिपय व्यापारी पलायन भए । करोडौंको व्यापार गर्ने थोक बिक्रेता कटारी छाडेर हिँडिसके । व्यापार कमजोर हु“दै गएपछि चहलपहल घट्न पुग्यो ।

मुख्य सडकका रूपमा रहेको सिद्धिचरण लोकमार्गको पक्की सडक उक्किएर सवारी आवागमनमा समस्या थियो । खोटाङ, सोलुखुम्बु र ओखलढुंगाबाट आउने सर्वसाधारणले बाटो फेरिसकेका थिए ।

तर, अचेल अवस्था फेरिएको छ । अस्तित्व नै गुमाउने अवस्थामा पुगेको कटारी बजारले विस्तारै गति लिन थालेको छ । सुनकोसी र दुधकोसीमा पक्की पुल बनेपछि ओखलढुंगा, सोलुखुम्बु र खोटाङ आवतजावत गर्नेको एक रातको बसाइ कटारी भएकाले बजारमा चहल पहल बढ्न थालेको छ ।

बजार क्षेत्र सरसफाइसँगै खानेपानी व्यवस्थित हुँदै जानु, भित्री सडक स्तरोन्नति गरिनु र बसर्पाक व्यवस्थित भएकाले सवारी आवागमन सहज हँुदा चहलपहल बढेको हो ।

स्थानीय तह गठनसँगै कटारी बजार पुरानै पहिचानमा फर्कने जमर्काे गरिरहेको छ । ‘पुरानो र नयाँ कटारी फ्युजन गरेर आधुनिक कटारी बन्दै छ,’ कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ भन्छन्,

‘कटारीले चाँडै गुमेको छवि फर्काउने तयारी साथ नगरपालिकाले काम अघि बढाएको छ ।’ बजार क्षेत्रलाई वर्ष दिनभित्रै धुवाँधुलोरहित सहरका रूपमा विकास गर्ने गरी काम भइरहेको उनी बताउ“छन् ।

हिमाल, पहाड र तराईसँग जोडिएको कटारीमा ‘पूर्वको पशुपति’ भनेर परिचित हलेसी महादेवसँग केबुलकार जोड्ने गरी काम भइरहेकाले गुमेको अस्तित्व फर्काउन सकिने श्रेष्ठले बताए ।

बढ्दो चहलपहलले सर्वसाधारणको दैनिक जीवन सहज बनेको छ । कटारी केन्द्रबाट उदयपुरवासीलाई मात्र होइन, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका सर्वसाधारणलाई समेत दैनिक उपभोग्य वस्तु खरिद–बिक्री तथा आवतजावतमा सहज हँुदै गएको त्रियुगा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अरुण साह बताउ“छन् ।

‘द्वन्द्वको समयमा असुरक्षाका कारण सुनसान बनेको कटारी बजार पुनः व्यापारिक केन्द्रका रूपमा परिवर्तन हुँदै छ,’ वरिष्ठ उपाध्यक्ष साह भन्छन्, ‘नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेकाले बजार आधुनिक व्यापारिक केन्द्र हुनेमा विश्वास लिएका छौं ।’

स्थानीय तह गठनस“गै कटारी बजार पुरानै पहिचानमा फर्कने जमर्काे गरिरहेको छ । बजार क्षेत्र सरसफाइ, व्यवस्थित खोनपानी, भित्री सडक स्तरोन्नति गरिनु र बसर्पाक व्यवस्थित गरिएकाले सवारी आवागमन सहज हु“दा चहलपहल बढेको हो

द्वन्द्व व्यवस्थापनपछि तत्कालीन समय सरकारले ग्रामीण सडक निर्माण कार्यलाई उच्च प्राथमिकता दिएको थियो । कच्ची सडक निर्माणपछि ग्रामीण क्षेत्रका सर्वसाधारणलाई बजारसम्म आवतजावत गर्न सहज भएको छ । उनीहरूका उत्पादनले बजार पाउन थालेका छन् ।

कटारी बजारमा बढेको आर्थिक गतिविधिसँगै सर्वसाधारणको आर्थिक जीवनस्तरमा सकारात्मक परिवर्तन आइरहेको त्रियुगा उद्योग वाणिज्य संघ अध्यक्ष पुष्कर खड्का सुनाउ“छन् ।

‘द्वन्द्वको समयमा असुरक्षा प्रमुख कारण देखाउँदै व्यापारी पलायन भएका थिए,’ खड्का भन्छन्, ‘तर, द्वन्द्व व्यवस्थापनपछि उनीहरू फर्किन थालेका छन् ।’ जसका कारण आफ्नो उत्पादन बजारमा बेचेर जीवनयापन गर्ने किसानलाई धेरै फाइदा पुगेको उनी बताउ“छन् ।

आर्थिक गतिविधि अझ बढाउन नगरपालिकाले बृहत् गुरुयोजना तयार गरेको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

‘गुरुयोजना तयार पारेर काम गरिएकाले बजार विस्तारसँगै नगरपालिकाको केन्द्र कटारी बजारसँग गाउँ जोडिसकिएको छ,’ नगर प्रमुख श्रेष्ठ भन्छन्, ‘अब गाउँगाउँ केन्द्रसँग जोड्ने गरी काम सुरुवात गर्दै छौं ।’ ल



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2xtvDcU

No comments:

Post a Comment

Post Bottom Ad

Pages