सेमिफाइनल जिंक्स

दिल तामाङ
नेपाली पुरुष राष्ट्रिय फुटबल टिमका जापानिज मुख्य प्रशिक्षक ग्योतोकु कोजी भिसा समस्याका कारण एसियन गेम्सपछि नेपाल आउन पाएनन् । दक्षिण एसियाको प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप नजिकिँदै गर्दा कोजीको अनुपस्थितिमा एन्फाले सहायक प्रशिक्षक बालगोपाल महर्जनलाई कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।
बालगोपालको करिब १० दिनको प्रशिक्षणपछि नेपाली टोली साफ च्याम्पियनसिपका लागि बंगलादेशको ढाका प्रस्थान ग¥यो । ढाका प्रस्थान गर्नुअघि प्रशिक्षक महर्जनले नेपाली टिमको पहिलो लक्ष्य सेमिफाइनल पुग्ने र त्यसपछि च्याम्पियन बनेर फर्कने बताएका थिए । पहिलो खेलमा पाकिस्तानसँग २–१ को हारका बाबजुत पनि नेपालले त्यसपछि दुवै खेलमा जित हात पार्दै समूह ‘ए’को विजेताको सेमिफाइनलमा पुग्न सफल भयो ।
बंगलादेशको ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा २७ भदौमा नेपाल उच्च मनोबलका साथ सेमिफाइनलमा माल्दिभ्सविरुद्ध उत्रँदै थियो । नहोस् पनि कसरी ? पहिलो खेल हारे पनि पछिल्लो दुई खेलमा उच्च प्रदर्शन गर्दै नेपाल समूह विजेताका रूपमा अघि बढेको थियो । यता, प्रतियोगितामा तुलनात्मक रूपमा कमजोर देखिएको माल्दिभ्स टसका आधारमा अघि बढेको थियो । यस्तोमा नेपाली खेलाडी मात्र होइन, सारा फुटबल समर्थक नै माल्दिभ्सलाई पराजित गर्दै नेपाल साफको २५ वर्षे इतिहासमा पहिलोपटक फाइनल प्रवेश गर्नेमा विश्वस्त थिए ।
खेल सुरु हुनै लाग्दा ढाकामा अविरल वर्षा भएको थियो । खेल सुरु भएपछि पनि वर्षा जारी रह्यो । यसअघि हिलोमा खेल्ने बानी रहेको नेपालले माल्दिभ्सविरुद्धको खेलमा वर्षाका कारण चिप्लिएर खेल्नै सकेन । यही साफबाट सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका नेपालका डिफेन्डर सुमन अर्यालको पहिलो टच निकै फितलो बन्यो । स्टेडियममा फुटबल रिर्पाेटिङ गर्न पुगेका पत्रकारबीच भलाकुसारी भयो, ‘पहिलो टच नै निकै फितलो ? आज नेपालको दिन छैन जस्तो छ ।’
आठौं मिनेटमा नेपालको डी–बक्स नजिक विमल घर्ती मगरले स्लाइड गर्न खोज्दा चिप्लिएरै विपक्षी खेलाडीलाई फल गर्न पुगे । त्यही फ्रिकिकमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घानीले गोल गर्न सफल भए । १–० ले पछि रहेको अवस्थामा २७औं मिनेटमा भारी वर्षा र चट्याङले खेल ३३ मिनेट रोकिएर पुनः सुचारु भयो तर नेपालले गोल फर्काउन सकेन । बरु, खेल अन्त्यतिर दुई मिनेटको अन्तरमा दुई गोल खाँदै नेपाल फेरि सेमिफाइनलमा रोकियो । लिग चरणमा एकै गोल नगरी भाग्यको सहारामा सेमिफाइनलमा स्थान बनाएको माल्दिभ्सले फाइनल प्रवेशका लागि नेपाललाई सिकार बनायो । त्यो चट्याङ र वर्षा बंगलादेशमा मात्र परेको नभई फाइनलमा स्थान बनाउने नेपाली फुटबल टोलीको सपनामाथि पनि बज्रिएको भान भयो ।
भारतले २३ वर्षमुनिको टोली पठाउने निर्णय गर्दा धेरैले अपेक्षा गरेका थिए, बंगलादेशमा नेपालले इतिहास बनाउनेछ । किनकि, प्रशिक्षक थिए, बालगोपाल महर्जन
लिग चरणको पहिलो खेलमा पाकिस्तानसँग अन्तिम समयमा २–१ ले पराजित भएको नेपालले त्यसपछि भुटानलाई ४–० ले र आयोजक बंगलादेशलाई २–० ले हराएको थियो । धेरैलाई लागेको थियो, नेपाली टोलीले लय समात्यो । तर, त्यो लय सेमिफाइनल पुग्दा विलय भयो ।
सेमिफाइनलमा एकपछि अर्को गल्ती दोहो¥याउँदा नेपालले अनपेक्षित हार बेहोर्नपुग्यो र फेरि एकपटक सेमिफाइनल जिन्क तोड्न सकेन । टोली सेमिफाइनल प्रवेश गरेपछि प्रशिक्षक बालगोपाल महर्जनले नेपालले माल्दिभ्सविरुद्धको खेलमा ऐतिहासिक नतिजा ल्याउने बताएका थिए । तर, वचनमै सीमित बन्यो ।
कुनै समय हिलाम्मे मैदानमा नेपाली राष्ट्रिय टोलीले विपक्षीको पोस्टमा आक्रमण मात्रै होइन, गोल पनि गथ्र्यो । तर, अहिले कृत्रिम मैदान (एस्ट्रो टर्फ)मा प्रशिक्षण गर्ने बानी परेको नेपाली टोलीले बंगलादेशको पानी र प्राकृतिक मैदानमा खेल्न अप्ठ्यारो परेको देख्न सकिन्थ्यो । नेपाली खेलाडीहरू सेट पिसमा प्रहार गर्दा पनि चिप्लिएर लड्न पुग्थे । वर्षाले प्रभावित खेल आधा घण्टा रोकिएर पुनः सञ्चालन हुँदा पनि नेपाली खेलाडीले जर्सी र बुट परिवर्तन गरेको देखिएन । जब कि, माल्दिभ्सका खेलाडीले पुरै सेट नै परिवर्तन गरेर मैदान उत्रिएका थिए ।
सेमिफाइनल जिंक्स
साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा रोकिएको यो पहिलोपटक होइन । यसअघि सन् १९९९, २०११ र २०१३ मा पनि नेपालको यात्रा सेमिफाइनलमै गएर टुंगिएको थियो । सन् १९९९ मा नेपाल सेमिफाइनलमा बंगलादेशसँग रोकिएको थियो । सन् २०११ र २०१३ मा नेपालको फाइनल यात्रामा अफगानिस्तान बाधक बनेको थियो । यसपटक माल्दिभ्स बाधक बन्यो ।
साफको सर्वाधिक सफल टोली भारतले २३ वर्षमुनिको टोली पठाउने निर्णय गर्दा धेरैले अपेक्षा गरेका थिए, बंगलादेशमा नेपालले इतिहास बनाउनेछ । त्यसको एउटा कारणमध्ये थिए, प्रशिक्षक बालगोपाल महर्जन । उनी खेलाडी र प्रशिक्षकका रूपमा बंगलादेशमा निकै सफल थिए । सन् १९९३ मा नेपालले ढाकामा आयोजित दक्षिण एसियाली खेलकुदमा स्वर्णपदक जित्दा महर्जन नेपाली टोलीका सदस्य थिए । त्यस्तै, सन् २०१६ मा महर्जन प्रशिक्षक हुँदा नेपालले बंगबन्धु गोल्डकप फुटबलको उपाधि जितेको थियो । यसपटक पनि केही इतिहास बन्ने अनुमान गरिएको थियो, ‘च्याम्पियन बन्ने सपना देखेर’ । तर, अनुमान गरेजस्तो केही भएन ।
व्यक्तिगत उपलब्धि
सेमिफाइनलबाटै बाहिरिए पनि साफ सुजुकी कप नेपाली टोलीका लागि उपलब्धिमूलक बनेको छ । प्रशिक्षक बालगोपाल महर्जन नेपाललाई साफ च्याम्पियनसिपको सेमिफाइनलमा पु¥याउने पहिलो नेपाली प्रशिक्षक बनेका छन् । यसअघि तीनपटक नेपालले सेमिफाइनल यात्रा गर्दा विदेशी प्रशिक्षक थिए ।
नेपाल पहिलोपटक सन् १९९९, दोस्रो पटक २०११ र तेस्रो पटक २०१३ मा सेमिफाइनल पुगेको थियो । सन् १९९९ मा नेपाली टोलीको प्रशिक्षकमा जर्मनी प्रशिक्षक स्पिटलर फ्रान्क, २०११ मा ग्राहम रोबर्ट्स र २०१३ मा ज्याक स्टेफोनोस्की नेपाली टोलीका प्रशिक्षक थिए ।
कप्तान विराज महर्जनले यही साफबाट राष्ट्रिय टोलीबाट सर्वाधिक क्याप जित्ने कीर्तिमान बनाए । पाकिस्तानविरुद्धको खेलबाट पूर्वकप्तान राजुकाजी शाक्यको ६८ क्यापसँग बराबरी गरेका महर्जनले भुटानविरुद्धको खेलबाट राष्ट्रिय टिमबाट धेरै खेल्ने कीर्तिमान आफ्नो नाममा लेखाए । एन्फा एकेडेमीका दोस्रो ब्याचका उनले सन् २००८ मा पाकिस्तानविरुद्धकै खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।
स्ट्राइकर भरत खवासले पनि नेपाली टोलीबाट ५०औं क्याप जितेका छन् । समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशविरुद्ध खेलबाट खवासले ५०औं क्याप पूरा गरेका हुन् । भरत र विराज दुवैले एउटै खेलमार्फत राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । तर, चोटका कारण भरतले राष्ट्रिय टोलीमा नियमित स्थान बनाउन सकेका थिएनन् ।

सुनिलको उदय
यसपल्टको साफ च्याम्पियनसिपमा नेपालका लागि कुनै एक खेलाडीले सबैभन्दा बढी प्रभावशाली प्रदर्शन गरेको छ भने उनी अरू कोही नभएर २० वर्षीय सुनिल बल हुन् । पाकिस्तानसँगको २–१ को हारमा उनी भरत खवासको स्थानमा मैदानमा प्रवेश गरेका थिए । सुनिलको आगमनसँगै नेपालले खेलमा पकड बनाउँदै बराबरी गोल गर्न सफल भएको थियो । वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका सुनिलले पाकिस्तानविरुद्धको खेलमा राम्रो प्रदर्शन गरसँगै प्रशिक्षक बालगोपाल महर्जनले उनलाई भुटानविरुद्धको खेलमा प्लेइङ–११ मै राखेका थिए । उनले यो मौकालाई खेर फालेनन् ।
अद्भुत प्रदर्शन गर्दै भुटानमाथिको ४–० को जितमा तीन गोलमा उनको भुमिका रह्यो । एक ‘डेब्यु’ गोल आफंैले गरेका सुनिलले बाँकी दुई गोलमा असिस्ट गरेका थिए । मैदानमा पनि उनी छाइरहे, भुटानी रक्षापंक्तिलाई हल्लाइरहे । पहिलो हाफमै उनले आफ्नो क्षेत्रबाट विपक्षीको पेनाल्टी क्षेत्र अगाडिसम्म बल बढाउँदा नै धेरैको ध्यान आफूतिर तानिसकेका थिए । त्यसपछि उनी बाँकी सबै खेलमा पहिलो रोजाइमा पर्न सफल भए र सबैको मन जित्ने खेल खेल्दै नयाँ स्टारका रूपमा उदय भए । रुस्लान थ्री स्टार क्लबका २० वर्षीय सुनिलले सन् २०१६ मा लाओसविरुद्ध भएको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीमा डेब्यु गरे पनि उनी आफ्नै ब्याचका विमल र अञ्जनका कारण छायामा परे । सुनिलले कति लामो यात्रा तय गर्छ, त्यो भने हेर्न बाँकी नै छ ।
यही साफबाट डेब्यु गरेका डिफेन्डर सुमन अर्यालले पनि प्रतियोगिताभर राम्रो प्रदर्शन गरेका थिए । ल
from Rajdhani Daily https://ift.tt/2znkWda




No comments:
Post a Comment