सेमिफाइनल जिंक्स - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 22, 2018

सेमिफाइनल जिंक्स

सेमिफाइनल जिंक्स


दिल तामाङ

नेपाली पुरुष राष्ट्रिय फुटबल टिमका जापानिज मुख्य प्रशिक्षक ग्योतोकु कोजी भिसा समस्याका कारण एसियन गेम्सपछि नेपाल आउन पाएनन् । दक्षिण एसियाको प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप नजिकिँदै गर्दा कोजीको अनुपस्थितिमा एन्फाले सहायक प्रशिक्षक बालगोपाल महर्जनलाई कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।
बालगोपालको करिब १० दिनको प्रशिक्षणपछि नेपाली टोली साफ च्याम्पियनसिपका लागि बंगलादेशको ढाका प्रस्थान ग¥यो । ढाका प्रस्थान गर्नुअघि प्रशिक्षक महर्जनले नेपाली टिमको पहिलो लक्ष्य सेमिफाइनल पुग्ने र त्यसपछि च्याम्पियन बनेर फर्कने बताएका थिए । पहिलो खेलमा पाकिस्तानसँग २–१ को हारका बाबजुत पनि नेपालले त्यसपछि दुवै खेलमा जित हात पार्दै समूह ‘ए’को विजेताको सेमिफाइनलमा पुग्न सफल भयो ।

बंगलादेशको ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा २७ भदौमा नेपाल उच्च मनोबलका साथ सेमिफाइनलमा माल्दिभ्सविरुद्ध उत्रँदै थियो । नहोस् पनि कसरी ? पहिलो खेल हारे पनि पछिल्लो दुई खेलमा उच्च प्रदर्शन गर्दै नेपाल समूह विजेताका रूपमा अघि बढेको थियो । यता, प्रतियोगितामा तुलनात्मक रूपमा कमजोर देखिएको माल्दिभ्स टसका आधारमा अघि बढेको थियो । यस्तोमा नेपाली खेलाडी मात्र होइन, सारा फुटबल समर्थक नै माल्दिभ्सलाई पराजित गर्दै नेपाल साफको २५ वर्षे इतिहासमा पहिलोपटक फाइनल प्रवेश गर्नेमा विश्वस्त थिए ।
खेल सुरु हुनै लाग्दा ढाकामा अविरल वर्षा भएको थियो । खेल सुरु भएपछि पनि वर्षा जारी रह्यो । यसअघि हिलोमा खेल्ने बानी रहेको नेपालले माल्दिभ्सविरुद्धको खेलमा वर्षाका कारण चिप्लिएर खेल्नै सकेन । यही साफबाट सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका नेपालका डिफेन्डर सुमन अर्यालको पहिलो टच निकै फितलो बन्यो । स्टेडियममा फुटबल रिर्पाेटिङ गर्न पुगेका पत्रकारबीच भलाकुसारी भयो, ‘पहिलो टच नै निकै फितलो ? आज नेपालको दिन छैन जस्तो छ ।’

आठौं मिनेटमा नेपालको डी–बक्स नजिक विमल घर्ती मगरले स्लाइड गर्न खोज्दा चिप्लिएरै विपक्षी खेलाडीलाई फल गर्न पुगे । त्यही फ्रिकिकमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घानीले गोल गर्न सफल भए । १–० ले पछि रहेको अवस्थामा २७औं मिनेटमा भारी वर्षा र चट्याङले खेल ३३ मिनेट रोकिएर पुनः सुचारु भयो तर नेपालले गोल फर्काउन सकेन । बरु, खेल अन्त्यतिर दुई मिनेटको अन्तरमा दुई गोल खाँदै नेपाल फेरि सेमिफाइनलमा रोकियो । लिग चरणमा एकै गोल नगरी भाग्यको सहारामा सेमिफाइनलमा स्थान बनाएको माल्दिभ्सले फाइनल प्रवेशका लागि नेपाललाई सिकार बनायो । त्यो चट्याङ र वर्षा बंगलादेशमा मात्र परेको नभई फाइनलमा स्थान बनाउने नेपाली फुटबल टोलीको सपनामाथि पनि बज्रिएको भान भयो ।

भारतले २३ वर्षमुनिको टोली पठाउने निर्णय गर्दा धेरैले अपेक्षा गरेका थिए, बंगलादेशमा नेपालले इतिहास बनाउनेछ । किनकि, प्रशिक्षक थिए, बालगोपाल महर्जन

लिग चरणको पहिलो खेलमा पाकिस्तानसँग अन्तिम समयमा २–१ ले पराजित भएको नेपालले त्यसपछि भुटानलाई ४–० ले र आयोजक बंगलादेशलाई २–० ले हराएको थियो । धेरैलाई लागेको थियो, नेपाली टोलीले लय समात्यो । तर, त्यो लय सेमिफाइनल पुग्दा विलय भयो ।
सेमिफाइनलमा एकपछि अर्को गल्ती दोहो‍¥याउँदा नेपालले अनपेक्षित हार बेहोर्नपुग्यो र फेरि एकपटक सेमिफाइनल जिन्क तोड्न सकेन । टोली सेमिफाइनल प्रवेश गरेपछि प्रशिक्षक बालगोपाल महर्जनले नेपालले माल्दिभ्सविरुद्धको खेलमा ऐतिहासिक नतिजा ल्याउने बताएका थिए । तर, वचनमै सीमित बन्यो ।
कुनै समय हिलाम्मे मैदानमा नेपाली राष्ट्रिय टोलीले विपक्षीको पोस्टमा आक्रमण मात्रै होइन, गोल पनि गथ्र्यो । तर, अहिले कृत्रिम मैदान (एस्ट्रो टर्फ)मा प्रशिक्षण गर्ने बानी परेको नेपाली टोलीले बंगलादेशको पानी र प्राकृतिक मैदानमा खेल्न अप्ठ्यारो परेको देख्न सकिन्थ्यो । नेपाली खेलाडीहरू सेट पिसमा प्रहार गर्दा पनि चिप्लिएर लड्न पुग्थे । वर्षाले प्रभावित खेल आधा घण्टा रोकिएर पुनः सञ्चालन हुँदा पनि नेपाली खेलाडीले जर्सी र बुट परिवर्तन गरेको देखिएन । जब कि, माल्दिभ्सका खेलाडीले पुरै सेट नै परिवर्तन गरेर मैदान उत्रिएका थिए ।

सेमिफाइनल जिंक्स

साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा रोकिएको यो पहिलोपटक होइन । यसअघि सन् १९९९, २०११ र २०१३ मा पनि नेपालको यात्रा सेमिफाइनलमै गएर टुंगिएको थियो । सन् १९९९ मा नेपाल सेमिफाइनलमा बंगलादेशसँग रोकिएको थियो । सन् २०११ र २०१३ मा नेपालको फाइनल यात्रामा अफगानिस्तान बाधक बनेको थियो । यसपटक माल्दिभ्स बाधक बन्यो ।
साफको सर्वाधिक सफल टोली भारतले २३ वर्षमुनिको टोली पठाउने निर्णय गर्दा धेरैले अपेक्षा गरेका थिए, बंगलादेशमा नेपालले इतिहास बनाउनेछ । त्यसको एउटा कारणमध्ये थिए, प्रशिक्षक बालगोपाल महर्जन । उनी खेलाडी र प्रशिक्षकका रूपमा बंगलादेशमा निकै सफल थिए । सन् १९९३ मा नेपालले ढाकामा आयोजित दक्षिण एसियाली खेलकुदमा स्वर्णपदक जित्दा महर्जन नेपाली टोलीका सदस्य थिए । त्यस्तै, सन् २०१६ मा महर्जन प्रशिक्षक हुँदा नेपालले बंगबन्धु गोल्डकप फुटबलको उपाधि जितेको थियो । यसपटक पनि केही इतिहास बन्ने अनुमान गरिएको थियो, ‘च्याम्पियन बन्ने सपना देखेर’ । तर, अनुमान गरेजस्तो केही भएन ।

व्यक्तिगत उपलब्धि

सेमिफाइनलबाटै बाहिरिए पनि साफ सुजुकी कप नेपाली टोलीका लागि उपलब्धिमूलक बनेको छ । प्रशिक्षक बालगोपाल महर्जन नेपाललाई साफ च्याम्पियनसिपको सेमिफाइनलमा पु¥याउने पहिलो नेपाली प्रशिक्षक बनेका छन् । यसअघि तीनपटक नेपालले सेमिफाइनल यात्रा गर्दा विदेशी प्रशिक्षक थिए ।
नेपाल पहिलोपटक सन् १९९९, दोस्रो पटक २०११ र तेस्रो पटक २०१३ मा सेमिफाइनल पुगेको थियो । सन् १९९९ मा नेपाली टोलीको प्रशिक्षकमा जर्मनी प्रशिक्षक स्पिटलर फ्रान्क, २०११ मा ग्राहम रोबर्ट्स र २०१३ मा ज्याक स्टेफोनोस्की नेपाली टोलीका प्रशिक्षक थिए ।
कप्तान विराज महर्जनले यही साफबाट राष्ट्रिय टोलीबाट सर्वाधिक क्याप जित्ने कीर्तिमान बनाए । पाकिस्तानविरुद्धको खेलबाट पूर्वकप्तान राजुकाजी शाक्यको ६८ क्यापसँग बराबरी गरेका महर्जनले भुटानविरुद्धको खेलबाट राष्ट्रिय टिमबाट धेरै खेल्ने कीर्तिमान आफ्नो नाममा लेखाए । एन्फा एकेडेमीका दोस्रो ब्याचका उनले सन् २००८ मा पाकिस्तानविरुद्धकै खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।
स्ट्राइकर भरत खवासले पनि नेपाली टोलीबाट ५०औं क्याप जितेका छन् । समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशविरुद्ध खेलबाट खवासले ५०औं क्याप पूरा गरेका हुन् । भरत र विराज दुवैले एउटै खेलमार्फत राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । तर, चोटका कारण भरतले राष्ट्रिय टोलीमा नियमित स्थान बनाउन सकेका थिएनन् ।


सुनिलको उदय

यसपल्टको साफ च्याम्पियनसिपमा नेपालका लागि कुनै एक खेलाडीले सबैभन्दा बढी प्रभावशाली प्रदर्शन गरेको छ भने उनी अरू कोही नभएर २० वर्षीय सुनिल बल हुन् । पाकिस्तानसँगको २–१ को हारमा उनी भरत खवासको स्थानमा मैदानमा प्रवेश गरेका थिए । सुनिलको आगमनसँगै नेपालले खेलमा पकड बनाउँदै बराबरी गोल गर्न सफल भएको थियो । वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका सुनिलले पाकिस्तानविरुद्धको खेलमा राम्रो प्रदर्शन गरसँगै प्रशिक्षक बालगोपाल महर्जनले उनलाई भुटानविरुद्धको खेलमा प्लेइङ–११ मै राखेका थिए । उनले यो मौकालाई खेर फालेनन् ।
अद्भुत प्रदर्शन गर्दै भुटानमाथिको ४–० को जितमा तीन गोलमा उनको भुमिका रह्यो । एक ‘डेब्यु’ गोल आफंैले गरेका सुनिलले बाँकी दुई गोलमा असिस्ट गरेका थिए । मैदानमा पनि उनी छाइरहे, भुटानी रक्षापंक्तिलाई हल्लाइरहे । पहिलो हाफमै उनले आफ्नो क्षेत्रबाट विपक्षीको पेनाल्टी क्षेत्र अगाडिसम्म बल बढाउँदा नै धेरैको ध्यान आफूतिर तानिसकेका थिए । त्यसपछि उनी बाँकी सबै खेलमा पहिलो रोजाइमा पर्न सफल भए र सबैको मन जित्ने खेल खेल्दै नयाँ स्टारका रूपमा उदय भए । रुस्लान थ्री स्टार क्लबका २० वर्षीय सुनिलले सन् २०१६ मा लाओसविरुद्ध भएको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीमा डेब्यु गरे पनि उनी आफ्नै ब्याचका विमल र अञ्जनका कारण छायामा परे । सुनिलले कति लामो यात्रा तय गर्छ, त्यो भने हेर्न बाँकी नै छ ।
यही साफबाट डेब्यु गरेका डिफेन्डर सुमन अर्यालले पनि प्रतियोगिताभर राम्रो प्रदर्शन गरेका थिए । ल



from Rajdhani Daily https://ift.tt/2znkWda

No comments:

Post a Comment

Post Bottom Ad

Pages